संसारीमाईको पूजा जेठ २६ मा
जलेश्वर । अनादिकालदेखि आस्थाको केन्द्र मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध शक्तिपीठ संसारीमाईको पूजा आगामी जेठ २६ मा हुने भएको छ ।
प्रत्येक पाँच वर्षको अन्तरालमा हुने संसारीमाईको पूजा यसपाली २०८० साल जेठ २६ गते शुक्रबारको दिन हुने भएको संसारीमाईको पूजारी (धामी) महेन्द्र मुखियाले जानकारी दिएका हुन् ।
जलेश्वर नगरपालिका–१ मा अवस्थित संसारीमाईलाई विशेषरुपमा आह्वान गरी आइतबार बिहान धामी महेन्द्र मुखियाको आँगनमा बसेको पूजासम्बन्धी विशेष बैठकमा संसारीमाईको पूजा आउँदो असार कृष्णपक्ष षष्ठी तिथि जेठ २६ गते शुक्रबारको दिन हुने भएको सूचना जारी गरिएको हो ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, वडा नं. १ का वडाध्यक्ष अनिल कुमार झा, वडा नम्बर –२ का वडाध्यक्ष बरुणकुमार दाहाल, वडा नं. ६ का वडाध्यक्ष रवीन्द्रप्रसाद साह, भूतपूर्व नगरप्रमुख रामशङ्करप्रसाद साह, वडा नं. १ का भूतपूर्व वडाध्यक्ष अशोककुमार साहसहित नगरका प्रबुद्ध एवं अगुवासहितको उपस्थिति एवं सहभागितामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि संसारीमाईको पूजा विक्रम सम्वत् २०७५ वैशाख २१ गतेको दिन भएको थियो । जलेश्वर नगरमा हुने संसारीमाईको पूजामा लाखौँको सङ्ख्यामा नेपाल तथा भारतका श्रद्धालु एवं दर्शनार्थी सहभागी हुने गर्दछन् भने हजारौँको सङ्ख्यामा बलि प्रदान गर्ने गरिन्छ । सो क्रममा जलेश्वर नगरक्षेत्रभित्र बस्ने प्रत्येक नगरवासीले संसारीमाईलाई बलि प्रदान गर्ने परम्परा छ ।
सुरुमा माता संसारीलाई पाँच जीवको पञ्चबलि चढाइन्छ भने त्यसपछि उनलाई आस्था र गक्ष अनुसार भक्तजनले मूसो, परेवा, हाँस, कुखुरा, बोका, सुङ्गुर, बङ्गुर र अन्त्यमा राँगा बलि गरिन्छ ।
संसारीमाईको पूजा कहिलेदेखि सुरु भएको हो भन्ने कसैलाई थाहा छैन । सुरु सुरुमा संसारीमाईको प्रत्येक १२ वर्षमा पूजा हुने गरेको थियो । त्यसपछि प्रत्येक सात वर्षमा भयो भने प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएको छ ।
आज पूजाको तिथिमिति निर्धारण भइसकेर जनहितमा सूचना जारी गरिसकिए पनि पूजासम्बन्धी समिति निर्माण र चन्दा सङ्कलन तथा पूजा तयारी एवं व्यवस्थापनसम्बन्धी कुरापछि निर्धारण गरिने भएको वडा नं. १ का वडाध्यक्ष अनिलकुमार झाले राससलाई बताए । जलेश्वरमा यस पूजाको दिन ठूलो मेलासमेत लाग्छ । मेलामा करिब रू. एक करोड खर्च हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया