प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
झाफा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ ।
पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानुनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले राससलाई बताए ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौँको सङ्ख्यामा वर्षौंदेखि राखिँदै आएको छ । अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपुर्जा हराएका वा बिग्रिसकेका छन् । ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएकालगायतका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षितरुपमा भण्डारण नगरिएका कारण कैयौँ मोटरसाइकल लगातार घामपानी परेर कबाडी बनिसकेका छन् ।
मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताए । लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्बरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया