बागबानीमा झुम्मिदै आन्तरिक पर्यटक
सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा रहेको कृषि ज्ञान केन्द्रको फाम व्यवस्थापन शाखा (बागबानी) आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागबानी नामले परिचित यस फाममा वसन्त ऋतु सुरु भएसँगै अवलोकनकर्ताहरूको भिड अत्यधिक बढेको हो ।
सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजारकी याङ्जी शेर्पा बागबानीमा फुलसँग हाँस्दै, रमाउँदै तस्बिर खिच्नमा निकै व्यस्त थिइन् । उमेरले ५० वर्ष काटिसकेकी याङ्जीले बागबानीको सुन्दर दृश्य र वातावरणमा रमाउँदा साँच्चै स्वर्गको अनुभूति गरिन् । उनले भनिन्, ‘कति राम्रो ठाउँ, मलाई त स्वर्ग नै जस्तो लाग्यो, नानीहरूले आमा बागबानी घुम्न जाऔँ न ! भनेर आको यहाँ आउँदा त मान्छे पनि कति धेरै आउने रहेछ, रमाइलो पनि त्यतिकै ।’ तत्कालीन बागबानी विकास केन्द्र रहेको उक्त स्थानमा पुग्ने अवलोकनकर्ताहरू ढकमक्क फुलेका फलफूलका फूलहरूसँग रमाएर मात्रै फर्किँदैनन् कि कतिपय कृषकहरूले कृषिसम्बन्धी विभिन्न ज्ञान समेत लिएर फर्कन्छन् । बागबानीमै भेटिएका गार्माका कामीसर्की शेर्पाले भने, ‘म यहाँ खासमा यो फलफूल र तरकारी खेतीहरू कसरी गर्नुपर्ने रहेछ भनेर यसो बुझ्न आको, तर यहाँ आउँदा यति धेरै रमाइलो देखेर साँच्चै मन आनन्द भयो, यहीँ माथि फाप्लुतिर हेर्दा वसन्त ऋतु सुरु भएको फिल नै हुन्न तर यहाँ आएपछि भने साँच्चै वसन्त ऋतु सुरु भएछ भन्ने आभास भयो ।’
पछिल्लो समय बागबानी पुग्ने अवलोकनकर्ताको संख्या सोचेभन्दा फरक छ । सल्लेरी नजिकै भएकाले पनि दैनिकरूपमा मोटर साइकल, टेम्पो तथा गाडी नै लिएर बागबानी पुग्ने जमात बढ्दै छ । यहाँ पुग्ने कतिपय कर्मचारी, विद्यार्थी तथा बालबालिकाहरू फोटो, भिडियो तथा टिकटक बनाउनमा व्यस्त हुन्छन् भने कृषकहरूले अवलोकनसँगै कृषि प्रविधि सिक्ने गरेको बागबानी विकास अधिकृत चन्द्र फडेराको भनाइ छ । ‘अहिले दैनिक एक सय ५० जनासम्म अवलोकनकर्ताहरू यहाँ आउने गर्छन् । कोही बेला त साँच्चै मेला नै पो लागेको हो कि भन्ने समेत आभास गराउँछ । यहाँ ढकमक्क फुलेका फुलहरू हेर्न रमाउन र कृषि प्रविधि सिक्न पनि मानिसहरू आउने गर्दछन्’, अधिकृत फडेराले भने ।
सोलुखुम्बुको फाप्लुस्थित फाम व्यवस्थापन शाखा (बागबानी) जिल्लाकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो । तीन सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनाँै प्रजातिका फलफूलका बिरुवा, त्यत्तिकै संख्यामा तरकारी तथा अन्य बिरुवाहरू समेत छन् । जहाँ बिरुवा उत्पादनदेखि फलफूल उत्पादनसम्मको कार्य हुने गर्दछ । ती हरियाली बोटबिरुवाहरूमा ढकमक्क फुलेका फूलहरूले यतिखेर बागबानी झकिझकाउ बनेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया