चार पत्रकारिता पुरस्कारको घोषणा
गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ ।
महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल र वि.सं. २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो ।
‘पोखरा पत्रकारिताका सम्मान’को राशि रु. ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि रु. २० हजार एक सय ११ रहेको छ । यस्तै ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार–२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले राससलाई जानकारी दिए ।
सो पुरस्कारको राशि रु. ११ हजार एक सय ११ रहेको छ । महासङ्घले प्रदान गर्ने संस्थागततर्फको सम्मान पोखरास्थित ‘लक्ष्मी हाउस’लाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्र र महासङ्घको संस्थागत विकासमा पु¥याएको योगदानबापत पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासङ्घले जनाएको छ ।
महासङ्घद्वारा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार तथा सम्मानको निर्णय गरिएको शाखा अध्यक्ष भण्डारीले बताए । यही चैत २९ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया