Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारप्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता


धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुगेका हुन् । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थल हुँदै महेन्द्रनगरतर्फ लागेका छन् ।

माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गरेका हुन् । रासस

 


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया