सोलुखुम्बुमा शव वाहन नहुँदा नागरिकलाई सास्ती
सोलुखुम्बु । जिल्लामा शव वाहन गाडी नहुँदा समस्या भएको छ । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा एउटा पनि शव बोक्ने सवारीसाधन छैन । शव वाहन नहुँदा नागरिकले सास्ती खेप्दै आउनुपरेको छ ।
शव वाहन नहुँदा विशेषगरी गाउँबाट जिल्लासम्म पोस्टमार्टम गर्न ल्याउनुपर्ने र पोस्टमार्टमपछि संस्कारअनुसार आर्यघाटमा लैजानुपर्ने शवहरूका लागि निकै समस्या हुनेगरेको सोलुखुम्बु केरुङकी डोमा तामाङले बताइन् । शव बोक्नकै लागि यहाँका नागरिक चर्को भाडा तिर्न बाध्य छन् तर सुविधा न्यून छ, भनेको समयमा निजी गाडी पाइँदैन । पोस्टमार्टम अनिवार्य भएका घटनामा शव ढुवानी नै पीडितका लागि ठूलो समस्याको रुपमा देखा पर्नेगरेको छ । जिल्लाभरका पालिका मिलेर शव वहान खरिद गर्न सकिए उत्तम हुने माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले बताए ।
‘हाम्रो पालिकामा पनि यो मेजर समस्याको रुपमा नै देखिएको छ, शव वाहनका लागि नागरिकहरूलाई धेरै सास्ती छ, यसमा सबै पालिका मिलेर एउटा शव वाहन खरिद गर्ने कुरामा हामी सहमत छौँ, त्यो गर्न सकियो भने राम्रो हुन्थ्यो’, उनले भने । जिल्लाको ग्रामीण क्षेत्रमा मृत्यु भएर पोस्टमार्टम गर्नुपर्ने प्रकृतिको शवहरू जिल्ला अस्पतालमा नै ल्याउनुपर्ने बाध्यता छ । जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा समेत निजी सवारीसाधनले समेत शव बोक्न नमान्दा नागरिकलाई सास्ती हुनेगरेको छ । शव वहान व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने सोलुखुम्बुका संघीय सांसद मानवीर राईको भनाइ छ । शव वाहन नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा ट्याक्टरमा शव बोक्ने गरेका छन् ।
जिल्लामा एउटा दमकल र आधा दर्जनभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहे पनि अहिलेसम्म कुनै संस्थाले शव वाहन खरिद गर्न सकेका छैनन् । जनप्रतिनिधिले आफ्नो सेवासुविधाका लागि लाखौँ खर्चेर गाडी खरिद गरे पनि नागरिकका लागि चाहिने शव वाहन खरिद गर्नमा भने कसैको ध्यान जान सकेको छैन ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया