विराटनगरसँगै रहेको भारतीय बजार जोगबनीमै भारतीय रुपैयाँ कमजोर !
विराटनगर । केही सातादेखि विराटनगर बजार र यसको सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज बजारमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बन्न थालेको छ । विगतमा भारतीय बजार जोगबनीमा भारतीय रुपैयाँ पाउँदा दंग पर्ने भारतीय व्यापारीहरू अहिले नेपाली रुपैयाँतिर आकर्षित हुने गरेका छन् । यसको मुुख्य कारण भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्यमा कारोबार हुुन थालेको बताइएको छ ।
हाल एक सय भारतीय रुपैयाँको मूल्य एक सय ५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा एक सय भारतीय रुपैयाँको नेपाली मूल्य एक सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’दर भनिन्छ । गत पुष महिनाभन्दा अघि भारतका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर एक सय भारतीय रुपैयाँकोे लागि एक सय ६५ नेपाली रुपैयाँसम्म लिने गरेका थिए । तर गत पुसको तेस्रो सातादेखि आश्चर्यजनकरूपमा भारतीय बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगेको नेपाली व्यापारीको भनाइ छ ।
उनीहरूका अनुसार पुषको अन्त्यसम्ममा यो ‘बट्टा’दर घटेर एक सय ६० रुपैयाँमा झ¥यो । माघदेखि भने आश्चर्यजनकरूपमा भारतीय बजारमा नेपाली रुपैयाँ भारतीयभन्दा बलियो हुन पुगेको स्थानीय व्यापारीको भनाइ छ । पछिल्लो समय नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध जस्तै गाँजाका कारण सीमावर्ती भारतीय बजारहरूमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको जानकारहरूको दाबी छ । यस्तो हुुनुुमा नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थालेको छ । भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले भारतीय बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्व दिन थालेको हुुँदा अहिले नेपाली मुद्रा बलियो भएको दाबी व्यापारीको छ ।
त्यसैगरी चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरूबीच बढेकाले भारतीय बजारमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको स्थानीय बुुद्धिजीवीको भनाइ छ । यसबाहेक पूर्वी नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु नेपाल आइरहेको छ । यसरी नेपालीले सहजै भारु पाउँदा उनीहरूले किनमेलका लागि भारतीय बजारमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले भारतमा नेपाली मुद्रा बलियो भए स्थानीय व्यापारीहरू बताउँछन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 7
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया