झण्डै आठ हजार जनाद्वारा सगरमाथाको आरोहण
सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथामा आरोहण सुरु भएदेखि हालसम्म नेपालतर्फबाट झण्डै आठ हजार व्यक्तिले आरोहण गरेका छन् । सन् १९५३ मे २९ मा पहिलोपटक मानव पाइला पुगेको दिनदेखि हालसम्म सात हजार आठ सय ५१ जनाले शिखर चुमेको पर्यटन विभागको तथ्यांक छ ।
विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सन् २०२२ सम्ममा सात हजार दुई सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा करिब छ सय जनाले आरोहण गरेका छन् । यस्तै, सगरमाथामा कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक भने कुनै पनि सरकारी निकायसँग नभएको विभागले जनाएको छ । विभिन्न एजेन्सीहरूसँगको समन्वयमा यसको तथ्यांक संकलन भइरहेको विभागका सूचना अधिकारी उपाध्यायले बताए । ७० वर्षमा झण्डै तीन सय जनाले सगरमाथामा ज्यान गुमाएको एजेन्सीहरूको तथ्यांक छ । यस सिजनमा मात्रै १३ जना आरोहीले सगरमाथा क्षेत्रमा ज्यान गुमाएका छन् । नेपालका पाँच जना, मलेसियाका दुई जना, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अस्टे«लियाका १÷१ जना छन् । तीमध्ये १० वटा शव उद्दार भइसकेको छ भने तीनवटा शव उद्दार हुन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।
नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । नेपालले त्यही दिन (२९ मे) लाई सन् २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउन सुरु गरेको हो । अहिले सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटरले अग्लिएको छ । नेपाल र चीनले संयुक्तरूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया