Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशआजदेखि पोखराको रत्न मन्दिर सर्वसाधारणको लागि खुला

आजदेखि पोखराको रत्न मन्दिर सर्वसाधारणको लागि खुला


पोखरा । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पूर्वराजाहरुले प्रयोग गर्ने गरेको पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको दिन पारेर सोमबार सर्वसाधारणको लागि खुला गरेका छन् । सोमबार पहिलो दिन भएको हुँदा सर्वसाधारणका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्यहरु पोखरा आउँदा उनीहरुको बसोबास गर्ने ठाउँ हो । रानी रत्नको नामबाट तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी दरबार निर्माण गरेका थिए । वि.सं २०१३ सालमा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबार पछि राजा वीरेन्द्रको नाममा गरिएको थियो ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया