Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्ततः दुई हजार ७० बिन्दुमा खुम्चियो सेयर बजार

अन्ततः दुई हजार ७० बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १४ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन २१ दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार ७० दशमलव ४१ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तिन दशमलव ७० अंकले ओरालो लागेर ओरालो लागेर तीन सय ९६ दशमलव ४४ बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x