Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ४६ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ४६ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । पहिलो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से दोस्रो दिन अर्थात आज सोमबार भने बजार खुले लगत्तै घट्न थालेको थियो ।

सो अनुसार आज बजार परिसुचक २३ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ बिन्दुमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ बिन्दुमा खुम्चिन पुगेको छ ।

नेप्सेमा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५८ वटा कम्पनीहरुको सेयर खरिद–बिक्री भएका छन् । जसबाट ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौं सय ९३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी ११ वटा उपसमुमहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया