Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषइन्सेकद्वारा अन्जनी माता रसोईलाई खाना खुवाउन एक लाख सहयोग

इन्सेकद्वारा अन्जनी माता रसोईलाई खाना खुवाउन एक लाख सहयोग


बाँके ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले अन्जनी माता रसोईलाई खाना खुवाउन एक लाख सहयोग गरेको छ । इन्सेक क्षेत्रीय संयोजक भोला महतले शनिबार सहयोगस्वरुप उक्त रकम अन्जनी माता रसोईका सञ्चालक वीरेन्द्र कुमार सिंहलाई प्रदान गरेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस संक्रमित र संक्रमित कुरुवाका लागि प्रतिछाक २० रुपैयाँमा खाना खुवाइरहेको रसोईलाई सहयोग प्रदान गरिएको हो । कोरोना संक्रमित र बिरामी कुरुवालाई मिठो, सफा, ताजा खाना खुवाइरहेको रसोईलाई खाना व्यवस्थापनको समस्याबाट राहत दिन उक्त सहयोग गरिएको इन्सेकका संयोजक महतले जानकारी दिए ।

अन्जनी माता रसोईका सञ्चालक वीरेन्द्र कुमार सिंहले इन्सेकद्वारा प्रदान गरिएको उक्त आर्थिक सहयोगले कोरोना बिरामी र कुरुवाका लागि खाना खुवाउनमा थप मद्दत पुग्ने बताए । सो क्रममा भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, इन्सेककी सरस्वती मल्ललगायतको सहभागिता थियो । 


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया