सफ्ट्वेरिका कलेजका १० जना विद्यार्थी बेलायत जाने
काठमाडौं । ‘कभेन्ट्री युनिभर्सिटी इमरसन २०२३’ मा सहभागी हुन सफ्ट्वेरिका कलेजका १० जना नेपाली विद्यार्थी बेलायत जाने भएका छन् । कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूलाई कोभेन्ट्री इमरसन कार्यक्रममा भाग लिन पठाउने गरेको छ । सोहीअनुसार यस वर्ष १० जना विद्यार्थी बेलायत जान लागेका हुन् ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्याख्यान कक्षा, कार्यशाला, अनुभव–साझेदारी सत्र र समूह छलफलजस्ता विभिन्न गतिविधिमार्फत यूके शिक्षा विधिहरूमा व्यावहारिक, हातेमालो अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्ने रहेको कलेजले जनाएको छ । क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार विद्यार्थी फर्केपछि उनीहरूले आफ्नो नयाँ सिपको उपयोग गरी आफ्नो संस्थामा राम्रो सिक्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । उनले विद्यार्थीहरूलाई सिकाइ अनुभवमा पूर्णतया सहभागिता जनाउन र भ्रमण सफल बनाउन सम्पूर्ण खर्चको साथै सबै जिम्मेवारी कलेजले लिएको जानकारी दिए ।
भ्रमणका लागि छनोट भएकी एक विद्यार्थीले यो अवसरका लागि कलेजप्रति कृतज्ञता व्यक्त गरिन् । उनी यात्राबाट नयाँ उद्देश्यका साथ फर्कन चाहन्छिन् । यस्तै, सफ्ट्वेरिकाका सक्रिय विद्यार्थीहरूसँग प्रभावकारी शिक्षण विधिहरू लागू गर्न र सिक्ने अनुभवलाई सबैका लागि अझ उत्पादक बनाउन सहकार्य गर्ने योजना बनाएकी छन् । कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा सफ्ट्वेरिका कलेजले बिएस्सी कम्प्युटिङ, बिएस्सी इथिकल ह्याकिङ एन्ड साइबर सेक्युसिटी, एमएस्सी डाटा साइन्स एन्ड कम्प्युटेसलन इन्टेलिजेन्सजस्ता कोर्सहरू प्रदान गर्दै आएको छ । यस्तै, कलेजले सधैं विद्यार्थीहरूलाई एक्सपोजर र समग्र विकासको सुविधा प्रदान गर्न विविध कार्यक्रमहरू पनि गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया