Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीदोलखामा निःशुल्क स्वास्थ्य शिविर

दोलखामा निःशुल्क स्वास्थ्य शिविर


दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना रोगी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य अस्पताल काठमाडौं बानेश्वरको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट नयाँ चार सय ८५ र दोहोर्याउने दुई सय ८५ गरी सात सय रोगी लाभान्वित भएका शाखाका सभापति ईश्वरीप्रसाद दाहालले बताए । शिविरमा दुई चिकित्सक, एक थेरापिट्ससहित नौ जनाको टोली रहेको थियो । सुस्वास्थ्य अस्पतालका डा सुदर्शन बस्नेतले विशेषगरी हाडजोर्नी र नसासम्बन्धी रोगीका लागि शिविर सञ्चालन गरिएको बताए । उपचार पाएकामध्ये ७५ प्रतिशत महिला रहेका छन् ।

शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसासम्बन्धी र माइग्रेनसम्बन्धी अकुपन्चर, थेरापी र प्राकृतिक चिकित्सा पद्धति मिश्रणबाट उपचार भएको छ । उपचार गराउनेमध्ये ६० प्रतिशतमा घुँडा दुख्ने रोग लागेको देखिएको छ । शुक्रबारदेखि सुरु भएको शिविर आइतबारसम्म चलेको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया