Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमजदुरीमा कोरोनाको कहर

मजदुरीमा कोरोनाको कहर


विश्वनाथ खरेल
विश्वव्यापीरूपमा उर्लँदो करोनाको आतङ्कका कारण संसारकै एक तिहाइभन्दा बढी मानिसहरू बन्दाबन्दीको अवस्था बस्न बाध्य भएका छन् । जसले गर्दा दैनिक ज्याला मजदुर गरेर खाने लगायत विभिन्न किसिमका कार्य गर्ने विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित भएका छन् । मूलतः संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ ।

महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । यसर्थ आईएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पु¥याएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको अवस्था छ ।

कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्रमा व्यापक क्षति पुगेको छ । यो क्रम अरू बढ्दै छ । कैयौं देशका ठूला रोजगारदाता कम्पनीहरू बन्द हुने अवस्थामा छन् । अर्कातिर, शिथिल अर्थतन्त्रका कारण खाडी देशहरूले अन्य देशमा आपूर्ति गर्ने वस्तु तथा सेवाको मागमा उल्लेख्य गिरावट आउनेमा दुईमत छैन । खासगरी मध्य तथा न्यून आय भएका देशमा कमजोर स्वास्थ्य पूर्वाधार र आर्थिक उदारीकरण र निजीकरणका कारण राज्यको सार्वजनिक स्वास्थ्य सेवामा लगानी कम हुँदै गएको र स्वास्थ्योपचार सेवा महंगो भएका कारण यो महामारीको बेला न्यून आय भएका श्रमिकको स्वास्थ्य उपचार पनि चुनौतीपूर्ण बत्रे उल्लेख गरिएको छ ।

यसर्थ स्वरोजगार गर्ने श्रमिकहरू, निर्माण, होटल, ट्रेकिङ, यातायात, मोटरगाडी तथा मोटरसाइकल मर्मत गर्ने आदि क्षेत्रमा ज्यालादारी श्रमिकहरू लकडाउनका कारण बढी प्रभावित छन् । कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन थालेपछि दुई चरणमा अध्ययन गरी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको कुल श्रमशक्ति ३ दशमलव ३ अर्बमध्ये २ दशमलव ७ अर्ब श्रमशक्ति यो कोरोना संक्रमणबाट प्रभावित हुनेछन् । विशेषगरी निजी क्षेत्रमा काम गर्ने विश्वका ३७ दशमलव ५ प्रतिशत श्रमिक, असंगठित क्षेत्रमा कार्य गर्ने श्रमिक र स्वरोजगार गर्ने श्रमिकहरूको रोजगारी जोखिममा पर्नेछ । उनीहरू दैनिक ज्यालादारीमा काम गर्ने र कुनै पनि किसिमको सामाजिक सुरक्षाका सुविधाबाट वञ्चित हुँदा यस्ता श्रमिकहरूको जीवनयापन पनि चुनौतीपूर्ण बन्न्ने निष्कर्ष निकालिएको छ ।

यस किसिमको जोखिममा पर्ने कुल श्रमशक्ति, असंगठित क्षेत्रमा हुने जोखिम र सामाजिक सुरक्षामा पुग्ने जोखिम गरी अफ्रिका महादेशमा क्रमशः २६ दशमलव ४ प्रतिशत, ७१ दशमलव ९ प्रतिशत र १७ दशमलव ८ प्रतिशत हुने अनुमान छ । यस्तै अमेरिकामा क्रमशः ४३ दशमलव २ प्रतिशत, ३६ दशमलव १ प्रतिशत र ६७ दशमलव ६ प्रतिशत, अरब स्टेटमा ३३ दशमलव २ प्रतिशत, ६३ दशमलव ९ प्रतिशत रहने अनुमान छ । एसिया प्रशान्त क्षेत्रमा ३७ दशमलव ९ प्रतिशत, ५९ दशमलव २ प्रतिशत र ३८ दशमलव ९ प्रतिशत, युरोप र मध्य एसियामा ४२ दशमलव २ प्रतिशत, २० दशमलव ९ प्रतिशत र ८४ दशमलव १ प्रतिशत जोखिममा पर्ने उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा बढी ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ ।

हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने ठूलो जमातको युवा जनसंख्या रोजगारीका लागि आश्रित भएका खाडी देशहरूले कोरोना महामारीका कारण काम बन्द गरेर मजदुरलाई आफ्नै मुकाममा बन्दाबन्दी गरेर राखेयता नेपाली समाजमा त्यसको असर देखिन थालेको छ । यस किसिमको महामारीका कारणले गर्दा खाडीमा काम गरिरहेको ठूलो संख्याका नेपालीहरूले रोजगारी गुमाउनेछन् । यस्तोमा खाडी र मलेसियामा कार्यरत करिब ३५ लाख नेपाली युवामध्ये अधिकांश स्वदेश फर्किनेछन् । यसले नेपालको जनसांख्यिक सूचकमा व्यापक बदलाव ल्याउने प्रस्टै छ ।

वि.सं दशमलव २०६८ सालको जनगणनामा १९ लाख ७१ हजार जनसंख्यालाई घरमा अनुपस्थितको सूचीमा राखिएको थियो । तीमध्ये अधिकांश १९ देखि ५४ वर्ष उमेर समूहका थिए । तर वैदेशिक रोजगार विभागको अनुमान अनुसार वैधानिक बाटोबाट विदेश गएका नेपालीको करिब ४६ लाख छ । ती नेपाली एकैपटक रोजगारी गुमाएर फर्किए भने देशमा एकपटक हलचल मच्चिन्छ । लामो समयदेखि सुनसान भएका गाउँहरू गुलजार हुनेछन् । युवाको अभावमा निस्ताएका गाउँहरूमा सुरुसुरुमा खुसियाली छाउनेछ । तर, विदेशबाट ल्याएको पैसा सकिएपछि ती युवाले के गर्लान् ? उनीहरूले रोजगारी खोज्नेछन् । देशमा विदेश जाने प्रचलन भने खाडी देशहरूले नेपालीका लागि जब २०५२/५३ सालदेखि रोजगारीको ढोका खोले तब नेपालीका घरआँगनमा रेमिटान्सको प्रवेश सुरु भयो ।

सशस्त्र द्वन्द्व बढेसँगै खाडी देशमा श्रम बेच्न नेपाली युवाहरू लस्कर लाग्दै गए । त्यसपछि मुलुुकका अधिकांश खेतबारी बाँझिए पनि रेमिटान्सका कारण घरगाउँमा भोकमरी लागेन । मूलतः दूरदराजमा सडक सञ्जालको विकास हुँदै जानु र घरघरमा श्रीमान् र छोराहरूको परिश्रमको कमाइ पुग्दै जानुले ग्रामीण जीवनशैली बदलिदियो । गाउँबाट सहर, पहाड र हिमालबाट तराईतर्फको बसाइँसराइ तीव्र भयो । यो असन्तुलित मानव चलायमानताले वर्षौंदेखिको देशको जनसांख्यिक सन्तुलनलाई पनि एकदमै खलबल्याइदियो । बसाइँसराइको यस्तो तीव्रताले हिमाल र पहाडका जिल्लाको जनसंख्या घट्दै गयो, जसले गर्दा पहाडका खेतबारी बाँझै रहे । जनसंख्या घट्नाले निर्वाचन क्षेत्र पनि घटे । सरकारी कोषबाट जाने अनुदान पनि घट्दै ग-यो ।

अन्त्यमा भन्नुपर्दा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारणहरूले गर्दा संसार नै आक्रान्त बनेको अवस्था छ । यसमा मजदुरहरू भने सबै भन्दा बढी पिढित रहेको अवस्था छ । हाम्रो देशमा पहिले नै ११ प्रतिशत बेरोजगारीको स्थिति थियो भने यसले गर्दा झनै बेरोजगारीको संख्या निकै बढ्ने देखिन्छ । विदेशमा रहेका पाँच लाख नेपालीहरू स्वदेश आउने तरखरमा जुर्मुराएको अवस्था छ । अहिले विश्वका मजदुर एक होऔँ भत्रे नारा निमछरो बन्दै गएको छ । नेपालको बाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारका रूपमा विप्रेषण आप्रवाह रहँदै आएको हुनाले विगत १० वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको राष्ट्रबैंकको प्रतिवेदमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको सार्वजनिक तथ्यांकमा कुल रोजगारीमा जाने कामदारमध्ये ७५ दशमलव ३ प्रतिशत खाडी मुलुकतर्फ गएको जनाएको छ । सार्वजनिक प्रतिवेदनमा अर्थतन्त्रमा ठूलो योगदान पु-याउने विप्रेषण आप्रवाहमा खाडी मुलुक पसेका नेपालीको योगदान ५० दशमलव ३ प्रतिशत छ । जब कि तीन चौथाइ कामदार खाडी मुलुकमा पसे पनि आधा मात्रै विप्रेषण भित्रिएको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकका आधारमा सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट आएको छ ।

कोरोनाको विश्वव्यापी असरले कतार, कुवेत, साउदी अरब, बहराइन र जापानमा नेपाली कामदार जान बन्द भएको छ । चालू आर्थिक वर्षको चार महिनामा विदेशबाट तीन खर्ब चार अर्ब ९७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो  । यी पाँच मुलुक र दक्षिण कोरियाबाट मात्रै ४६ दशमलव ३३ प्रतिशत (एक खर्ब ४१ अर्ब ३२ करोड) रकम आउँछ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो सात महिना (माघसम्म) पाँच खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो । कुल गार्हस्थ उत्पादनको २६ प्रतिशत बराबर रेमिट्यान्स मुलुकमा भित्रिरहेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया