Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपत्रु भोजन (जङ्क फुड) भोजन बालबालिकामा बढ्दो वजन

पत्रु भोजन (जङ्क फुड) भोजन बालबालिकामा बढ्दो वजन


काठमाडौं । विश्वभरको रुझानबाट थाहा हुन्छ कि हालको दशकहरूमा बालबालिकाहरूमा मोटोपनमा ठूलो वृद्धि भएको छ । बालबालिकाहरूमा रोगहरू बढ्नु एवम् मृत्युदरका लागि यो सबैभन्दा खतरनाक मानिन्छ । बढी तौल हुनु नसर्ने रोग हुनुको एउटा प्रमुख कारण हो विश्वभरका प्रणालीहरूमा भइरहेको परिवर्तन बढ्दो माटोपनको प्रमुख कारण मानिन्छ । विशेषरूपले किफायती अत्याधिक प्रसंस्कृत गरिन्छ । बालबालिकाहरूको बढ्दो वजनको पछाडि जङ्क फुड पत्रु खानेकुराहरूको विज्ञापनहरूको कति योगदान छ ? लिभरपुल विश्वविद्यालयको नेतृत्वमा यसको वैश्विक समीक्षा गरिएको छ । यसले यो कुराको प्रमाण प्रदान गर्छ कि खाद्य बजारीकरण बालबालिकाहरूमा पत्रु खाना सेवनलाई प्रोत्साहित गरिराखेको छ । यस शोध समीक्षाको सुरुवात विश्व स्वास्थ्य संगठनद्वारा सुरु गरिएको थियो ।

समीक्षाको निष्कर्षले इङ्गित गरेको छ कि बालबालिकाहरूमा जङ्क फुड बजारीकरणबाट पर्ने प्रभावहरू तथा यसबाट हुने जोखिमहरूमा अंकुश लगाउनु आवश्यक छ । यसका लागि नीति बनाउन तथा तीनलाई लागू गर्नाले बालबालिकाहरूको स्वास्थ्य लाभ हुने उम्मीद छ । यस्ता उत्पादनहरू जसमा बोसो चिनी वा नुनको मिडिया बाहिरी ठाउँहरूमा विज्ञापन गरिन्छ । विज्ञापनलाई लिएर खासगरी खेलसँग जोडिएका प्रसिद्ध व्यक्तिहरूको उपयोग गरिन्छ । यी विज्ञापनले बालबालिका र किशोर किशोरीहरूमा खास प्रभाव पर्छ ।

हालांकी बालबालिकाहरूलाई खाद्य बजारीकरणको प्रभावमा धेरै रूचि हुन्छ । बालबालिकाहरूका लागि खाद्य पदार्थहरू तथा विनामादक पदार्थ भएका पेय पदार्थहरूको बजारीकरणमा विश्व स्वास्थ्य संगठनका सिफारिसहरूको उपलब्ध संग्रहका लागि आधारभूत साक्ष्य अब ठूलो मात्रामा इन्टरनेटलाई एउटा प्रमुख बजारीकरणको रूपमा प्रस्तुत गर्छ ।

विश्व स्वास्थ्य संगठनले अनुसन्धानको माध्यमबाट विभिन्न बजारीकरण प्लेटफार्महरूमा बालबालिकाहरूमा खाद्य बजारीकरण तथा खाने व्यवहार एवम् स्वास्थ्यका बीच सम्बन्ध स्थापित गर्नका लागि नयाँ समीक्षा सुरु गरेको छ । यस समीक्षाबाट निस्केको दिशानिर्देश यस विषयमा जानकारी तथा जागरुकता फैलाउनमा मद्धत गर्नेछ । प्रोफेसर एम्मा वायलोन्डको नेतृत्वमा लिभरपुल विश्वविद्यालय र स्टर्लिङ विद्यालयको शोधकर्ताहरूले ९६ अध्ययनहरूले समीक्षा गरे जसमा ६४ क्रमरहित नियन्त्रण परीक्षण ३२ क्रमबार अध्ययन सामेल थियो । शोधमा पाइयो कि खाद्य बजारीकरणले भोजनको रूचि प्राथमिकता तथा किनमेलमा उल्लेखनीय वृद्धि भयो । यद्यपि किनमेलसँगको सम्बन्धहरूको कुनै स्पष्ट प्रमाण थिएन एवम् दाँत या शरीरको तौलको परिणामहरूमा पनि धेरै कम साक्ष्य पाइयो ।

लिभरपुल विश्वविद्यालयमा खाद्य बजारीकरण एवम् बाल स्वास्थ्यका प्रोफेसर एम्मा वायल्याम्डले भनेका छन् । यो समीक्षा कि खाद्य बजारीकरण बालबालिकाहरू एवम् किशोरहरूमा बढ्दो सेवन रूचि, प्राथमिकता एवम् किनमेल गर्न बाध्य गर्नेखाले तरिकाहरूसँग जोडिएको छ । यसका बाहेक यो सन्देशलाई पुष्टि गर्छ कि बालबालिकाहरूको स्वास्थ्यलाई क्षति पुर्याउने खाले उत्पादनहरूमा अंकुश लगाउनमा मद्धत गर्नका लागि खाद्य विज्ञापनहरूमा अझ बढी प्रभावकारी प्रतिबन्धहरूको आवश्यकता छ । साथै, यो सुनिश्चित गर्नु कि तिनीहरूद्वारा दिइएको विकल्प तीनको स्वास्थ्यका लागि फाइदाजनक छ ।

खाद्यसम्बन्धी प्रत्येक निर्णय हाम्रो नियन्त्रणभन्दा बाहिर असंख्य कुराहरूबाट प्रभावित हुन्छ । प्रसंस्कृत वस्तुहरूको उपलब्धता पहुँच सामथ्र्य, बजारीकरण एवम् प्रचार सबै हाम्रो ध्यान आकर्षित गर्ने कोसिस गर्छन् तथा हामी प्रतिस्पर्धी ब्रान्डहरूबाट यिनलाई किन्छौँ । हामीलाई चाहिन्छ कि हामी विज्ञापन एवम् हेरफेरलाई हटाइदिऊँ तथा आफ्नो खाने पिउनेको बारेमा आफ्नो मनलाई सन्तुलित बनाउन सुरु गर्न सक्छौँ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया