Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवाणिज्य बैंकहरूबीच मर्जर आवश्यक हो ?

वाणिज्य बैंकहरूबीच मर्जर आवश्यक हो ?


नरेन्द्रमान श्रेष्ठ
पछिल्लो समयमा ग्लोबल आईएमई बैंक र जनता बैंकको सफल मर्जरपछि बैंकिङ क्षेत्रमा बिग बैंकहरूको बिग मर्जरको चर्चा फेरि चल्न थालेको छ भने केही बिग बैंकहरूले मर्जरको लागि पार्टनर पनि खोजिसकेका छन् भनेर पनि चर्चा चलेका छन् । त्यसोत कतिपय बिग बैंकहरूको एजेण्डाको रूपमा मर्जर पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले पनि बिग बैंकहरूलाई मर्जरमा जान दबाब दिइरहेको भनेर सरोकारवालाहरूले भन्ने गरेका छन् ।

नेपालको लागि २८ वटा वाणिज्य बैंकहरू बढी भए भनेर पनि बेला–बेलामा चर्चा हुने गरेका छन् भने विश्व बैंकले पनि नेपालमा वाणिज्य बैंकहरूको संख्या बढी भयो भनेर बेला–बेलामा भन्ने गरेको पनि छ । के त नेपालमा वाणिज्य बैंकहरूको संख्या बढी नै भएको हो त ? वाणिज्य बैंकहरू मर्जरमा जान आवश्यक नै हो त ? कि बिग बैंकहरूको बिग मर्जर गराउने कसैको सनक मात्रै हो ?

बिग बैंकहरू बिग मर्जरमा गए सेयर बजारमा के–कस्तो प्रभाव पर्छ भन्ने पनि पछिल्लो समयमा सेयर बजारमा चर्चाहरू पनि हुनेगरेका छन् । सेयर बजारमा वाणिज्य बैंकहरूको नै बाहुल्यता रहेको छ । सेयर बजारमा लगभग ८० प्रतिशत कारोबार वाणिज्य बैंकहरूको समूहको हुनेगरेका छन् । केही गरी धेरैजसो बिग बैंकहरूको मर्जर एकै समयमा भए सेयर बजार लगभग ठप्प नै हुने त होइन ? यसले लगानीकर्ताहरूको लगानी ब्लक त हुने होइन भनेर पनि चर्चाहरू चल्ने गरेका छन् । बिग बैंकहरू ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर गर्न ५ महिना लागेको थियो । ५ महिनाभन्दा बढी समयसम्म लगानीकर्ताहरूको लगानी ब्लक भएको थियो । यसबाट कतिपय लगानीकर्ताहरूले नोक्सानी समेत व्यहोर्न प-यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पहिलेदेखि नै वाणिज्य बैंकहरूलाई बिग मर्जरमा जानुपर्ने बताउँदै आएको कुरा हो । बिग बैंकहरूको बिग मर्जर केका लागि संख्या घटाउनको लागि वा पुँजी बढाउनको लागि । नेपालमा हाल २७ वाणिज्य बैंकहरू रहेका छन् । त्यसो त पछिल्लो समयमा कतिपय वाणिज्य बैंकहरू स्वयं नै मर्जरमा जाने पक्षमा पनि रहेको देखिन्छ भने कतिपय वाणिज्य बैंकहरूले पुँजी बढाउनको लागि वित्तीय संस्थाहरूलाई प्राप्ति गर्ने गरिरहेका पनि छन् ।

केहि वाणिज्य बैंकहरूको एजेण्डामा मर्जर पनि रहेका छन् तर पनि वाणिज्य बैंकहरू अहिले नै बिग मर्जरमा जाने सम्भावना छ त ? अहिले वाणिज्य बैंकहरू एक–आपसमा मर्ज गर्नभन्दा पनि आ–आफ्नो पुँजी वृद्धि गर्नको लागि सानासाना वित्तीय संस्थाहरू प्राप्ति गर्न लागिपरिरहेको जस्ता पनि देखिन्छ । त्यसो त कतिपय वाणिज्य बैंकहरूले बिग मर्जरको लागि छलफल पनि गरिरहेको चर्चा छ ।

२०७१/०७२ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्त कम्पनीहरूलाई आ–आफ्नो चुक्तापुँजी लगभग चार सय प्रतिशतले बढाउन पर्ने निर्देशन नेपाल राष्ट्र बैंकले दिएको पनि चुक्तापुँजी बढाउनको लागि भन्दा पनि वाणिज्य बैंकहरूको संख्या कम गर्नको लागि वाणिज्य बैंकहरूको संख्या घटाउनको लागि हो भनेर पनि त्यसबेला चर्चा चलेको थियो । त्यस समयमा वाणिज्य बैंकहरूले आ–आफ्नो चुक्तापुँजी बढाउनको लागि बैंकहरू एक–आपसमा मर्ज गर्नभन्दा पनि भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेर आ–आफ्नो पुँजी पु-याएका थिए । वाणिज्य बैंकहरूको संख्या खासै घटेको थिएन । त्यसबेला ३२ वटाको हाराहारीमा रहेको वाणिज्य बैंकहरू घटेर २८ वटा भएको थियो । त्यसको रिस पोख्न अहिले बिग बैंकहरूलाई बिग मर्जरमा जान नेपाल राष्ट्र बैंकले दबाब दिएको कतिपय सरोकारवालाहरूको भनाइ रहेका छन् ।

त्यसबेला वाणिज्य बैंकहरूको संख्या घटाउने मनसायले पुँजी वृद्धिको नीति बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजारे पनि वाणिज्य बैंकहरूको संख्या खासै नघटेको कारणले अब फेरि वाणिज्य बैंकहरूबीच बिग मर्जर गराएर वाणिज्य बैंकहरूको संख्या घटाउनको लागि नियामक निकाय लागिपरेको देखिन्छ । त्यसोत विश्व बैंकले नै नेपालमा वाणिज्य बैंकहरूको संख्या घटाउन पर्ने सुझाव दिएको पनि सुन्नमा आएका छन् । त्यसो त त्यसबेला नै बैंक तथा वित्त कम्पनीहरूलाई पुँजी बढाउनको सट्टा मर्जरमा जानको लागि बाध्यात्मक निर्देशन दिएको भए अहिले फेरि बिग बैंकहरूलाई बिग मर्जरमा जानको लागि आवश्यकता नहुने सरोकारवालाहरूको भनाइ रहेको छ ।

नेपाल राष्ट्र बैंक विश्व बैंकको हिसाबले नेपालको लागि विद्यमान वाणिज्य बैंकहरूको संख्या बढी भएकोले वा जुनसकै उद्देश्यले वाणिज्य बैंकहरूको संख्या घटाउन पर्ने भए पनि विगतमा कमिशनको चक्करमा प्रसाद बाँढे जसरी बैंकहरूलाई लाइसेन्स दिने गरेको कारणले अहिले यस्तो समस्या देखा परेको हो भन्दा पनि फरक नपर्ला ।

बैंक तथा वित्त कम्पनीहरूबीच बिग मर्जर गर्ने सकारात्मक भएको पनि कतिपयको भनाइ रहेका छन् । यसमा विभिन्न कठिनाइहरू आउने गरेको सरोकारवालाहरू बताउँछन् । विगतमा बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धि गर्न निर्देशन दिएको कारणले पुँजी वृद्धिको लागि भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेर बजारमा सेयरको आपूर्ति बढेको कारणले सेयर बजार नै डामाडोल भएको थियो । बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धिको कारणले सेयर बजारमा असर गरेजस्तै बिग बैंकहरूको मर्जरले पनि सेयर बजारमा असर गर्ने बताउँछन् सरोकारवालाहरू ।

मर्जर प्रकृयामा रहेका कम्पनीहरूको सेयर सेयर बजारमा कारोबार नहुने भएकोले यसले लगानीकर्ताहरूलाई असर गर्ने गरेको हुन्छ । त्यसो त मर्जरको हल्ला चल्नासाथ सेयरको भाउमा चलखेल हुने गर्छ । कतिपय अवस्थामा मर्जर प्रकृया लम्बिने कारणले पनि लगानीकर्ताहरूलाई असर गर्ने गरेको हुन्छ भने मर्जरमा गएको सबै कम्पनीहरूको मर्जर सफल हुन्छ भन्ने पनि हुँदैन । अन्तिममा आएर मर्जर तोडिने हुनाले यसले पनि लगानीकर्ताहरूलाई नोक्सानी व्यहोर्न पर्ने हुन्छ । मर्जरको कारणले कतिपय अवस्थामा मर्जरमा रहेका सेयरको भाउमा समेत उतारचढाव आउने गरेको हुन्छ भने मर्जर प्रकृया असफल भए भने पनि लगानीकर्ताहरूले नोक्सनी व्यहोर्न पर्ने हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया