Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगोरखा जिल्लाको पुनर्निर्माण परियोजनामा ट्रान्सपरेन्सीको भूमिका

गोरखा जिल्लाको पुनर्निर्माण परियोजनामा ट्रान्सपरेन्सीको भूमिका


काठमाडौ ।
१. इतिहासमा गोरखा परिचय : नेपाल एकीकरणका महान योद्धा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा जिल्ला नेपालमा मात्रै होइन विश्वमा परिचित छ । गोर्खा भनेको नेपाल हो र गोर्खालीहरू वीर छन् भनेर हामी नेपालीलार्ई गोरखा भूमिले विश्वमा चिनाएको हो । गोर्खा रेजिमेन्ट नामबाट बेलाईतमा एउटा आर्मी बटालियन नै छ । गोरखा भूमि वीर सपुत जन्माउने धरतीका कारणले पनि प्रसिद्ध छ र यो इतिहास सदैव नेपाली जनमनको छातीमा बोलिरहनेछ ।

२. भूकम्पका कारण विश्वले चिन्यो बारपाकलाई : यही गोरखाको छातीमा बौद्ध नाम गरेको अत्यन्तै सुन्दर हिमाल छ । त्यही हिमालको काखमा एउटा मनोरम बस्ती छ । त्यसको नाम हो बारपाक । त्यही बारपाकलाई केन्द्रबिन्दु बनाएर विसं २०७२ साल वैशाख १२ गते शनिबार नेपाली समयअनुसार ११ः५६ (६ः११ः२६ यूटीसी)मा लगभग ३४ किमी (२१ माइल) सात दशमलव आठ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो । त्यसको असर छिमेकी देश चीन भारत बंगलादेशमा समेत प-यो । नेपालमा गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर काभ्रे, मकवानपुर, ओखलढुंगा सिन्धुली र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भयो ।

भूकम्पले गर्दा काठमाडौँ उपत्यकाभित्र रहेका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत शताब्दी पुराना भवनहरू वसन्तपुर दरबारदेखि धरहरा, रानीपोखरी समेत भत्कियो । रानीपोखारीको पुनर्निर्माण सप्पन्न भएको छ । सिंहदरबारलगायत वसन्तपुर र धरहरा पुनर्निर्माण सम्पन्नताको अन्तिम चरणमा छन् । यो लेख गोरखा जिल्लामा भएको पुनर्निर्माण र पुनस्र्थापनामा आधारित भएकोले गोरखाको पुनर्निर्माणमा ट्रान्सपरेन्सीको भूमिकाको बारेमा केन्द्रित रहेको छ ।

दैवी विपत्ति योजना बनाएर आउने, सबैलाई पहिले थाहा दिएर आउने परिघटना होइन । यो एक्कासि मानव जीवनमा आउने दुर्भाग्यपूर्ण दुर्घटना हो । यसको लागि कोही पनि तयार हुँदैनन् । भूकम्प त्यही दैवी विपत्ति हो । यसको आगमन एक्कासि हुन्छ र मानव जीवन र उसले आर्जन गरेको भौतिक सम्पत्तिलार्ई बिनस्ट गरेर जान्छ । गोरखा जिल्लाको बारपाकबाट उद्गगम भयो विनाशकारी महाभूकम्प र यस्ले इतिहासमा एउटा गहिरो घाउ दिएर गयो । भूकम्पपछि जनजीवनलार्ई कसरी सामान्यकृत गर्ने भन्ने कुरा सरकारी र गैह्र सरकारी क्षेत्रबाट तत्काल उद्धार र राहतको कार्यक्रम सुरु भयो । २०७२ सालको महाभूकम्पको उद्गमस्थल नै गोरखाको बारपाक भएकोले यो स्थानले विश्वको ध्यान खिच्यो ।

३. पुनर्निर्माण र पुनर्स्थापनमा ट्रान्सपरेन्सी : बारपाक र त्यहाँको हृदयविदारक परिदृश्यले क्षणभरमै विश्वको आँखा रसायो । बारपाकी जनताको करिब ८५ प्रतिशत घर धुलोमा परिवर्तन भएको बेला पहिलो उद्धार नै बारपाकी जनताले पाए । यही उद्धारकै क्रम हो ट्रान्सपरेन्सी इन्टरनेशनलले सुरु गरेको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम । यो परियोजनाचाहिँ खास गरेर भूकम्पपछि पीडित जनताले पुनर्निर्माण र पुनस्र्थापनाका लागि राज्यबाट पाउने सहयोग एवं राहत वितरणका कार्यमा कुनै पनि भ्रष्टाचार नहोस् र कोही पनि सुविधाबाट वञ्चित नहुन भन्ने उद्देश्य नै हो । भूकम्पपछि गोरखामा अन्य थुप्रै गैरसरकारी संस्थाहरू खडा भएका थिए र ती अझैसम्म पनि केही सक्रिय छन् ।

४. परियोजनाको योगदान, प्रभावकारिता र कार्यक्रम
(क) सरकारी कार्यलयहरूसँग सहकार्य
(ख) जनगुनासाहरूको यथार्थ रिपोर्ट संकलन र लगत राख्ने काम
(ग) समस्या र आवश्यकता हेरी निरन्तररूपमा सुचारु हुनथाले, जसका कारण द्रुत गतिमा कार्यक्रमहरू सञ्चालन हुनथाले जसमा जिल्ला प्रमुख अधिकारी, पुनर्निर्माण प्राविधीकरण गोरखा जिल्ला प्रतिनिधि र परियोजनासँग सम्बन्धित सबै व्यक्तित्वहरूलाई समेत सहभागी गराइने कामको सुरुवात भो यसबाट पनि पुनर्निर्माण र पुनर्सथापनामा सदाचार कार्यक्रमले छिटो गति लियो ।

५. पुनर्निर्माण कार्यक्रमको गतिविधिलार्ई वाच डगको रूपमा अध्ययन गर्ने र केन्द्रीय कार्यलयमा रिपोर्टिङ गर्ने कामको सुरुवात ।

६. खास गरेर गुनासाहरूको सुनुवाइ, सरकारीस्तरबाट बेवास्ता गरिएका पीडितहरूप्रति ध्यानाकर्षण गराउन र समस्या समाधान गराउन पहल सुरु ।

७. स्कुल, व्यक्तिगत आवास, ऐतिहासिक भवन (गोर्खा दरबार), अस्पताललगायत अन्य भौतिक संरचनाको पुनर्निर्माण परियोजनालार्ई उठाउने क्रममा सरकारसँगै हातेमालो गर्ने कामको सुरुवात ।

८. सदरमुकामबाट दूरदराजमा रहेका पीडित परिवारले समेत ट्रान्सपरेन्सीसँग सहकार्य गरी आ–आफ्ना समस्या र उजुरी राख्ने कामको थालनी ।

९. भवन निर्माण संहिताको पालना र अनुगमनका लागि सरकारी कार्यलयहरूसँग समन्वय

१०. व्यक्तिगत आवास पुनर्निर्माणका लागि सरकारी तवरबाट वितरण हुँदै आइरहेको पहिलो किस्ता दोस्रो किस्ता र तेस्रो किस्ता वितरणमा आउने प्राविधिक कठिनाइलार्ई ट्रान्सपरेन्सीमा लिखितरूपमा आएका गुनासाहरूमाथि सहजीकरणको भूमिका निर्वाह गर्न सुरुवात भयो ।

११. राहत वितरण गर्नु यो संस्थाको उद्देश्य त थिएन तर राहत वितरण र निजी आवास पुनर्निर्माणमा जनताको पहुँच बढाउने काममा भने कसैले पनि बाधा नपु-याओस्, राजनीतिक आडमा व्यक्तिगत र संस्थागत भ्रष्टाचार नहोस् भन्ने उद्देश्यमा संलग्न ।

५. समस्या सहजीकरणमा ट्रान्सपरेन्सी : सहज पहुँच नहुने सामान्य मानिस जो पीडित छ उसको नाउँमा जमिन छैन तर आफू बसेको घर भूकम्पले भत्किएको अवस्था छ । जसको नाउँमा घर छ ऊ व्यक्ति या त विदेशमा छ नेपाल आउनसक्ने अवस्था छैन, कसैका श्रीमतीका नाउँमा बनेको घर छ । घर भूकम्पले भत्किएको छ, श्रीमती अर्कैसँग पोइल गएकी छिन् । ती र त्यस्ता परिवेशमा परेको प्रशासनिक र प्राविधिक कठिनाइ समाधानका लागि फेरि ट्रान्सपरेन्सीमै निवेदन पर्थ्यो त्यो अवस्थामा सम्बन्धित निकायमा समस्या राखिदिने र राहत वा आवस निर्माणका लागि किस्ता प्राप्तिमा स्थिति सहज पारिदिने काम ट्रान्सपरेन्सी गोरखाले ग¥यो र फलस्वरूप द्रुत गतिमा गुनासाहरूमाथी सुनाइ हुने कामले तीव्रता पायो ।

ट्रान्सपरेन्सी गोरखाले पुनर्निर्माण र पुनर्स्थापना परियोजनामा सरकारका कामहरूलार्ई सघाउ पु-याउने र सरकार र पीडित जनताबीच पुलको भूमिका निर्वाह गरेको छ । आवास तथा बस्ती पुनर्निर्माण परियोजना कार्यमा सरकारी कार्यलयहरूसँगै हातेमालो गरी निजी आवास, सरकारी भवन स्वास्थ्य तथा स्कुल अनि ऐतिहासिक भवन पुनर्निर्माणका क्रममा आइपरेका समस्यालार्ई आवश्यक छलफल तय गरी सहकार्यको भूमिका निर्वाह गरेको छ । जसअन्तर्गत यो पाँच वर्षको अवधीमा आठवटा सरकारी भवन, एउटा स्वस्थ चौकी, छवटा ऐतिहासिक सम्पदा भवन, ११ वटा निजी आवास र सबैभन्दा बढी १७ वटा सरकारी स्कुल अनुगमन गर्ने काम ग-यो । अवलोकन गर्दा केवल हेरेर फर्किने काम मात्रै गरेन अपितु भूकम्पीय दृष्टिबाट समेत यसको जोखिम न्यूनीकरणका लागि भवन बन्ने क्रममा प्राविधिकको सहयोगबाट आवश्यक सुझाव दिने काम होस् वा भवन बनिसकेपछि के–कस्ता प्राविधिक तकनिकी अपनाइयो त्यसको बारेमा लिखित र मौखिकरूपमा पूर्ण जानकारी लिने र सम्बन्धित निकायमा रिपोर्टिङ गर्ने काम समेत भएको कुरा केही पीडितहरूसँगको छलफलबाट जानकारी मिलेको छ ।

६. जनअपेक्षा र पुनस्र्थापनामा भएका उपलब्धि : पुनर्निर्माण भनेको भत्किएको, नासिएको वा बिग्रेको भौतिक संरचनालाई पूर्वअवस्थामा पु-याउने प्राविधिक काम हो र पुनर्स्थापना भने पहिले स्थापित भएका तर भुइँचालोपछि विस्थापित भएका कतिपय भौतिक/अभौतिक कुराहरूलाई पूर्वास्थानमा पुनः स्थापित गराउने काम हो । ट्रान्सपरेन्सी गोरखाले पृथ्वीनारायण शाहको ऐतिहासिक दरबारको निर्माणको क्रममा होस्, स्कुल, स्वास्थ चौकी वा निजी आवास निर्माणका क्रममा देखा परेका चुनौतीमाथि सहजीकरण गर्ने काम गरेको छ ।

सुरुका दिनहरूमा गोरखा जिल्लाका विभिन्न गाउँपालिकाबाट राहत तथा निजी भवन निर्माणका क्रममा पहिलो किस्ता लिन सदरमुकाम धाउनु पर्ने र हप्तौं सम्म पनि सदरमुकाममा बस्नुपर्ने बाध्यता आएको थियो । उसैत गरिबीबाट व्याप्त पीडामा बाच्न विवश भएका जनता, त्यसमाथि पनि भूकम्पले पारेको क्षति अनि सरकारले दिएको अनुदान लिन सदरमुकाम धाउँदा प्रशासनिक ढिलासुस्ती र अल्मल्याइका कारण बेखर्ची भएर अन्योलमा परेका जनतालार्ई एउटा निर्दिष्ट दिशानिर्देशको आवश्यकता थियो त्यसमा थोरै भए पनि ट्रान्सपरेन्सीले आफ्नो भूमिका निर्वाह गर्न कतै चुकेको छैन ।

७. जन आवाज, सार्वजनिक सुनाइ र परिणाम : आफ्नो अधिकार क्षेत्र भित्र रहेर सिमित स्रोत साधन उपयोग गरी धेरैभन्दा धेरै उपलब्धि हासिल गर्नु र धेरैभन्दा धेरै जनतालार्ई सहयोग गर्नु, सुशासन, पारदर्शिता एवं जवाफदेहिता प्रदर्शन गर्ने अभियान र साझा सन्कल्पनाबाट उत्प्रेरित यो संस्थाबाट जनताले अपेक्षा गरेअनुसारको अझै काम प्रत्याभूत हुन भने सकेको छैन । बारपाक जसलाई भूकम्पको केन्द्रबिन्दु मानियो त्याहा पुनर्निर्माण प्राधिकरणले घरहरूको ढाँचा सरकारी स्तरबाट छिटोभन्दा छिटो दिइएको भए त्यँहा पुराना शैलीमा पक्की घरहरू निर्माण हुनसक्थे र यसमा ट्रान्सपरेन्सीले हातेमालो गर्न सक्थ्यो र आज बारपाक कंक्रीटको जंगल हुने थिएन ।

सरकारले धेरै पछिसम्म पनि घर निर्माणको नीतिगत नियम र नियमन कार्यक्रम दिन नसकेका कारण सबैले आफू खुसीमा भव्य भव्य घर निर्माण गरे । आज हिजोको सुन्दर बारपाक अब तस्बिरमा नै सीमित भएको छ । यतिबेला बारपाकको मुहार त फेरिएको छ तर ! हिजोको जस्तो आर्थिक, सामाजिक, भौतिक, र नैतिक एकता जनसाधारणमा छैन । ट्रान्सपरेन्सीले थुप्रैपटक बारपाकमा पुनर्निर्माण अवलोकनका वा सार्वजनिक सुनुवाइका क्रममा भेला आयोजना गरेर गुनासो संकलन त ग-यो ती छलफलमा कहिले पनि भवन संहिताले चैँ प्राथमिकता पाएन ।
पैसा हुनेहरूले पाँच तलासम्मका बलिया सुन्दर भवन निर्माण गरेका छन् । पैसा नहुनेहरू त्यही भवनको छेउको अग्लो भवन हेरी बसेका छन् । बारपाकमा भूकम्प स्मृति पार्क बनिरहेको छ र यसको लागि स्थानीयहरूको जग्गा अधिग्रहण गर्ने काम सप्पन्न भई स्मृति पार्कको स्पष्ट भौतिक संरचना तयार भएको पनि पाइयो । यसलाई अन्तिम रूप दिन अझै केही समय लाग्ने नै छ ।

८. परियोजनामा आइपरेका बाधा अड्चन र स्थानीयको सहयोग : सुरुका दिनहरूमा सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन गर्ने कामबाट पनि पीडित परिवारलार्ई केही राहतको अनुभूति भएको कुरा स्थानीयवासीहरूले प्रकाश पारेका छन् । सुझाव संकलन गरिसकेपछि समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र पीडित व्यक्तिलार्ई सम्बन्धित व्यक्तिसँग भेट गराउने कार्यले पनि केही समय निरन्तरता पायो । पुनर्निर्माणका कामहरूमा चाहे ती सरकारी भवन हुन् चाहे ती सम्पदा भवन हुन वा सरकारी स्कुलका भवनहरू हुन बाधा र अप्ठ्यारा स्थिति लगातार आइरहेका थिए । त्यस्ता परिस्थितिलार्ई न्यूनीकरण गर्न निर्वाचित जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवाला सरकारी निकायहरूसँग आवश्यकीय छलफलबाट समाधानको बाटो खोज्ने काम भएको थियो ।

पुनर्निर्माणकै क्रममा सरकरी भवन, स्वास्थ चौकी, सम्पदा, निजी आवास, खानेपानी पूर्वाधार, सडक, बजार अवलोकनका कामहरू समेत भएका छन् । यीबाहेक स्थानीय गैह्र सरकारी संस्थाहरूसँग, विभिन्न विद्यालय, पत्रकार अनि सञ्चार माध्यमहरूसँग पनि आवश्यकीय छलफल गरी पुनर्निर्माणजस्तो कार्यलार्ई गतिशीलता प्रदान गर्न सबैसँग सहकार्य गर्ने साझा भावनाको विकास गर्ने कार्यमा ट्रान्सपरेन्सी गोरखाको महत्वपूर्ण भूमिका छ । समावेशी समूहसँगको छलफलबाट आएका साझा भावनाहरूलार्ई एकीकृत गरी आवश्यकता हेरेर स्थानीय तहमा सुधारका कार्यक्रम ल्याउन खोज्दा कतिपय अवस्थामा व्यवधान पनि नआएका होइनन् तर राम्रो कामको सुरुवात गर्दा विश्वमा जहाँ पनि अवरोध आउने नै गर्छ । त्यो अवस्था पनि ट्रान्सपरेन्सीले भोगेकै हो । र समाधानको बाटो खोजेकै हो ।

१०. परियोजनाले ल्याएको आर्थिक परिवर्तन
१. आर्थिक परिवर्तन : सबैभन्दा महत्वपूर्ण कुरा कुनै पनि योजनाको मूल उद्देश्य आर्थिक परिवर्तन नै हो । समाज जबसम्म आर्थिकरूपले सबल हँुदैन तबसम्म समाजका अन्य विषयहरू छायामा पर्छन् र अपेक्षा गरेअनुकूलको विकास हुन सक्तैन । पुनर्निर्माण र पुनस्र्थापना कार्यक्रमले गोरखाको स्थानीय वासीमा ल्याएको आर्थिक सामाजिक राजनीतिक तथा विपत् व्यावस्थापन सम्बन्धि चेतनामा अभिवृद्धि भएको छ नै । अझै यो चेतानाबाट भविष्यमा आइपर्ने दैवी एवं प्राकृतिक विपत्तिबाट कसरी जनधनको क्षतिलाई सबैभन्दा कम गर्न सकिन्छ भन्ने ज्ञानमा समेत अभिवृद्धि भएको छ ।

आदि क्षेत्रमा सुधार ल्याउनका लागि प्रशम्सनीय भूमिका निर्वाह गरेको देखिएको छ । भ्रष्टाचारमुक्त समाज संस्थापनाको लागि खेलेको भूमिका र बेलाबखत जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रशासनसँग मिलि गरेको बजार अनुगमन कार्यले पनि स्थानीय मानिसहरूमा उपभोक्तासम्बन्धी चेतना र वस्तुको गुणस्तरसम्बन्धी अन्तर्य ज्ञानमा समेत वृद्धि भएको महसुस स्थानीयले गरेका छन् ।

सुशासनमा ट्रान्सपरेन्सी र परियोजनाले सिकाएको पाठ
सुशासनसम्बन्धी, भ्रष्टाचारमुक्त समाज निर्माणका लागि जिल्लाको ठाउँ–ठाउँमा होर्डिङ बोर्डहरू राखिएको कारणले पनि स्थानीयमा सुशासनसम्बन्धी चेतना फैलिएको छ । सम्पदा एवं स्मारक पुनर्निर्माणका क्रममा पृथ्वीनारायण शाहको ऐतिहासिक दरबार निर्माणकार्यमा व्यापक ढिलासुस्ती भएको र दरबारलाई पुरानो प्रबिधि अप्नाएर पुरानो भवनलार्ई जस्ताको तस्तै रूपमा प्रबलीकरण गरेर निर्माण सप्पन्न गर्नुपर्छ भन्ने स्थानीय जन आवाजको सुनाइ नहँुदा ट्रान्सपरेन्सीले मध्यस्तकर्ताको राम्रो भूमिका निर्वाह गर्न नसकेको कुरामा चाहिँ जन गुनासो रहेको छ ।

ती कुराहरू ट्रान्सपरेन्सीको क्षेत्राधिकारभित्र पथ्र्यो या पर्दैनथ्यो स्पष्ट हुन सकेको छैन । भ्रष्टाचारबाट वाक्क दिक्क भएको नेपाली समाजमा योसम्बन्धी विशेष मुद्दा उठाउने यो संस्था नै गोरखामा पहिलो हो । चाहे सरकारीस्तरमा हुने भ्रष्टाचार होस् वा चाहे समाजमा पहिलेदेखि नै हुँदै आएका व्याप्त व्यथितिका सम्बन्धमा खास गरेर गोरखा ट्रान्सपरेन्सीले थुप्रै मुद्दाहरू उठाउने काम ग-यो ।
१. जनतालार्ई भूकम्पीय सुरक्षासम्बन्धी चेतना फैलाउने काम
२. पुनर्निर्माण र पुनस्र्थापना कार्यक्रममा स्थानीय जनसहभागिता र जनप्रतिनिधिहरूको एक्यबद्धतामा मध्यस्थता गरेको
३. पुनर्निर्माण र पुनस्र्थापनामा सहजीकरण को भूमिका
४. आवश्यकताअनुसार छलफल, प्राविधिक व्यक्तिहरू र स्थानीय भूकम्प पीडित व्यक्तिहरूबीच प्राविधिक र प्रशासनिक बाधा व्यवधानबीच समन्वय गरी समस्या समाधानको बाटोमा महत्वपूर्ण भूमिका निर्वाह ।
५. विपत्तिमा सहकार्यका लागि जनचेतना फैलाउने काम
६. निजी आवास, सार्वजनिक सरकारी भवन, सम्पदा आदि पुनर्निर्माण कार्यमा नेपाल सरकार र जनताबीच समन्वय ल्याई छिटोभन्दा छिटो कर्य सप्पन्न गर्न विशेष भूमिका निर्वाह गरी जनतालार्ई सुसूचित हुन अनुप्रेरित गरेको ।

लक्षित समूहले सिकेको पाठ र परियोजनाको अपेक्षित निरन्तरता
जनताले साझेदारीको भावना सिकेका छन् । सामूहिक प्रयत्नबाट मात्रै समाज माथि उठ्न सक्छ भन्ने चेतना विस्तारमा मुख्य भूमिका रह्यो । जुन उद्देश्य जुन परिवर्तन र जुन दायित्व निर्वाहका लागि ट्रान्सपरेन्सीले गोरखामा आफ्नो कार्यारम्भ ग-यो भले ती सबै पुर्ण सफल भएनन होला तर जनअपेक्षाबमोजिम लगभग ८५ प्रतिशत काम सप्पन्न भएको छ । कोभिडका कारण पनि धेरै समय अलमलिएको पाइयो । समुदायमा वैयक्तिक चेतनाभन्दा पनि सामूहिक चेतना अभिवृद्धि भएको छ । जनप्रतिनिधिले जनतालाई प्रत्येक्ष भेटेर आफ्ना गुनासाहरू राख्ने काममा ट्रान्सपरेन्सीले एउटा महत्वपूर्ण मध्यस्थता कर्ताको भूमिका निभायो ।

लक्षित एजेन्डाहरू कति थिए कति हासिल भए र कति अधुरा छन् त्यसका बारेमा जनतालार्ई प्रकाश पारिदिनु आवश्यक देखिन्छ । परियोजना समाप्त भएर कार्यलय बन्द गर्नुभन्दा अगाडि सकेसम्म लक्षित वर्गसँग एउटा छलफलको कार्यक्रम गरी ट्रान्सपरेन्सी नेपालले गरेका कर्महरूका बारेमा जनभावना के छ त्यो बुझ्नु पनि जरुरी देखिन्छ । आफूले सम्पन्न गरेका विविध कामहरूको सार्वजनिक समीक्षा गराउँदा ट्रान्सपरेन्सीलार्ई जनस्तरबाट अझै सम्झना र माया मिल्न जानेछ ।

परियोजनाको समाप्ति हुँदा भविष्यको बाटो र योजना सम्बन्धमा स्थानीयलार्ई बुझाउन सकियो भने फेरि यस्तै दैवीय विपत्तिका बेलामा उनीहरूले पुनः ट्रान्सपरेन्सीलार्ई सम्झिने आधार मिल्छ । स्थानीय सञ्चार माध्यम र पत्रकारहरूसँग गरिएको सहकार्यले पनि ट्रान्सपरेन्सी गोरखालार्ई सहज परिस्थितिमा लक्षित एजेन्डा सप्पन्न गर्न सहयोग मिलेको कुरा केही पत्रकार साथीहरूले बताउनु भएको छ । लक्ष्य प्राप्तिका बाटाहरू त्यति सहज हुँदैनन् । फेरि पनि यात्रा क्रममा आइपरेका विविध समस्याहरूलाई चिर्दै उज्यालोतर्फ वा निश्चित उद्देश्यतर्फको बाटो तय गर्नुको विकल्प पनि छैन । परिवर्तन चाहे थोरै नै किन नहोस् त्यसबाट मिल्ने खुसी भने स्थायी हुन्छ र यसले नै निर्धारण र निर्देशन गर्छ अगाडिको गतिशिल यात्रा !

जनताको साथी ट्रान्सपरेन्सी : पुनर्निर्माण, मर्मत, प्रवलीकरण, सहरी आवास तथा सम्पदा निर्माण, सार्वजनिक भवन तथा निजी भवन निर्माणजस्ता ती यावत क्षेत्रमा व्यापक परिवर्तन आए पनि अझै कामहरू सम्पन्न हुन केही प्रतिशत बाँकी नै छन् । गोर्खा दरबार अझै बन्ने क्रममै छ । यो जिल्लामा अझैसम्म पनि सम्पदाहरू निर्माणका क्रममा छन् । काम सम्पन्न हुन बाँकी नै छ । ट्रान्सपरेन्सी गोरखाले सूचना प्रवाहको काम पनि गरिरहेको छ । यसले गर्दा पनि अझै यो जनताको साथी बनेको छ ।

करिब ९० प्रतिशत ढलेका घरहरू निर्माण सप्पन्न भइसकेका छन् । यति हुँदाहुँदै पनि मर्कामा परेका मान्छेहरू अझै छन् । बारपाक लारपाकदेखि सहिद लखन गाउँपालिकासम्म अवलोकन गर्दा स्कुलहरू र अन्य सामुदायिक भवनमा समस्या करिब समाप्त भएको अवस्था छ । तर सम्पदा र निजी आवास परियोजनामा गुनासाहरू अझै छन् । विविध प्राविधिक र प्रशासनिक कारणले कतिपय निजी आवास बन्न सकेका छैनन् । गुनासाहरूलाई शून्यमा ल्याउन ट्रान्सपरेन्सी, जनप्रतिनिधि र जिल्ला सरकारी निकाय गोर्खासँग एक आपसमा समन्वय भयो भने थाती रहेका यावत समस्यामा सम्बोधन अवस्य हुनेछ । यसका लागि ट्रान्सपरेन्सी केन्द्रीय स्तरबाट पहल हुनु जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया