Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमापदण्ड पालना नगर्ने सरकार, जनतालाई चाहिँ निषेधाज्ञा

मापदण्ड पालना नगर्ने सरकार, जनतालाई चाहिँ निषेधाज्ञा


काठमाडौं ।
विश्वमा कोभिड १९ को दोस्रो लहर सुरु भएको कारणले यसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्ले समय नेपालमा फेरि कोरोनाको संक्रमित बढेको देखिन्छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै छ ।

पछिल्ले समयमा कोरोनाको कहरले छिमेकी देश भारतलाई आक्रान्त बनाएको छ । भारतमा संक्रमित बढेसँगै यसले नेपालमा पनि असर गर्नेगरेको छ । रोजगारीको लागि धेरै नेपालीहरू भारतमा छन् ।

भारतमा कोरोनाको कहर बढेसँगै रोजगारीमा गएकाहरू नेपालमा फर्किनेगरेका छन् । यसकारणले पनि कतिपयले कोरोना पनि सँगै ल्याउन सक्ने देखिन्छ । यसबाट नेपालमा पनि गम्भीर असर पर्नसक्ने देखिन्छ । त्यसो त नेपालमा दोस्रो चरण सुरु भइसक्दा समेत सरकार र सरोकारवालाहरूको ध्यान यतातिर गएको त्यति देखिँदैन । तर सरकारले कोरोना नियन्त्रण गर्ने उपायको सूचना भने जारी गर्ने मात्र गरिरहेको छ ।

त्यसो त सरकारले जारी गरेको कोरोना नियन्त्रणको मापदण्डलाई स्वयम् प्रधानमन्त्री र विभिन्न राजनीतिक दलहरूले पालना गरिरहेका छैनन् भन्दा पनि फरक नपर्ला ।

स्वयम् प्रधानमन्त्री नै भीड जम्मा गरेर उद्घाटन र धार्मिक यात्रा गरेका छन् भने राजनीतिक दलहरूले पनि राजनीतिक भेला र गोष्ठीहरू गरिरहेका छन् । यसले आम नागरिकहरूमा गलत सन्देश गएको छ । कोरोनाले खासै असर नगर्ने रहेछ भन्ने भ्रम आम नागरिकहरूमा प्रधानमन्त्री र सरकारले नै सिजर्ना गरेको छ । कतिपय नागरिकहरूले त बाहिर निस्कँदा मास्क समेत लगाएको देखिँदैन ।

भारतबाट प्रवेश गर्ने नेपाली वा भारतीयलाई सीमा नाकामा नै कडा गर्ने सकिएन भने उनीहरूलाई सीमा नाकामा नै व्यवस्थित गर्न सकिएन भने व्यवस्थित आइसोलसन कवारेन्टाइनको व्यवस्था गर्न सकिएन भने अबको दिनमा यसले उग्ररूप लिन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । तर सरकार राज्यको ध्यान यतातिर गएको जस्तो देखिँदैन ।

त्यसो त सरकार राजनीतिक दलहरू आफ्नो आनतरिक कलहमा नै पिल्सिरहेका छन् । जसका कारणले देशको समस्यामा त्यति ध्यान दिन सकिरहेको छैन भन्दा पनि फरक नपर्ला । देशमा तीन तहको सरकार छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिएर काम गर्ने हो भने कारोना नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन् । तर यिनीहरूको ध्यान यतातिर गएको जस्तो देखिँदैन प्रदेश सरकार त निकम्माजस्तै छन्, प्रदेश सरकार भनेको सेतो हात्ती हो भनेर पनि भन्नेगरेका छन्, सरोकारवालाहरूले ।

त्यसो त कारोना नियन्त्रण गर्ने काम्मा योभन्दा पहिले कोरोनाको पहिलो चरणमा सरकारले गरेको कामप्रति आम नागरिकहरू सन्तुष्ट हुन नसकिरहेको अवस्थामा फेरि यस्तै हुने त होला भनेर भन्ने गरिरहेका छन् आम नागरिकहरूले ।

त्यसो त सरकार सत्तासीन दल सरकारका आसपसेहरूले कोरोना नियन्त्रण गर्नमा सरकारको कामको तारिफ गर्नेगरेका छन् । सरकारले पीसीआर टेस्ट गर्ने ल्याबहरू बढाएको बताइरहेका छन् । के पीसीआर गर्ने प्रयोगशाला मात्र बढाएर कोरोना नियन्त्र होला त ? अहिले पनि सरकारले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा मात्र कोरोना नियन्त्रको उपाय हो र ? विगतमा गरेको लकडाउनबाट सरकारले पाठ नसिकेको जस्तो देखिन्छ । त्यसो त कोरोना नियन्त्रणको लागि मापदण्डको बारेमा सूचनाहरू जारी गर्नेगरेको पनि छ तर सरकारले जारी गरेको सूचना मापदण्डलाई प्रधानमन्त्री स्वयम्ले धोती लगाइदिएका छन् भन्दा पनि फरक नपर्ला ।

अस्पताल र सडकहरूको सिलान्यास बालुवाटारमा बसेर स्वीच थिचेर गरेजस्तै कोरोना नियन्त्रण पनि बालुवाटारमा बसेर स्वीच थिचेर गर्ने हो कि प्रधानमन्त्रीले ? आखिर नेपालको शक्तिशाली प्रधानमन्त्री नै परे सम्माननीय खड्गप्रसाद ओलीज्यू ।

सरकार सत्तासीन दलका झोले लम्पट नेताकार्यकर्ताहरू मात्र घमण्डी र अटेरी भनेको त कतिपय नागरिकहरू पनि उस्तै रहेछन् । कतिपय नागरिकहरूले त कोरोनासोरोना भनेको केही होइन भनेर हेलचेक्य्राइँ पनि गरिरहेका छन् ।

कोरोनाको कहरप्रति गम्भीर संवेदनशील नहुने हो भने यसले ठूलै रूप लिने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । त्यसो त सरकार राज्य स्वयम् प्रधानमन्त्री कोरोना नियन्त्रणमा गम्भीर नभएको हो कि भन्ने आम नागरिकहरूको भनाइ छ । सरकारले निषेधाज्ञा जारी गरेकोमा पनि कतिपयको असन्तुष्ट रहेका छन् ।

निषेधाज्ञा गर्नुभन्दा पनि अरु उपायहरूः सीमा नाकाहरूमा कडाइ गर्ने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्नेहरूलाई कडाइका साथ निगरानी गर्ने, मापदण्डहरूलाई कडाइका साथ पालना गराउने, पीसीआर टेस्टको दायरा बढाउने, कन्ट्र्याक ट्रेसिङ बढाउने भीडभाड गर्न नदिने आदि कामहरू कडाइका साथ पालना गराउन सकिए कोरोना नियन्त्रणमा सहयोग हुने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

आम नागरिकहरू पनि अटरी नभई सचेत हुनुपर्ने देखिन्छ । आफू पनि बाचौँ अरुलाई पनि बचाऔँ भन्ने मन्त्रलाई मनन गरेर कोरोना नियन्त्रमा सहयोग हुने देखिन्छ । विदेशबाट निर्बाधरूपमा मानिसहरू आइरहने अनि निषेधाज्ञा मात्र गरेर हुन्छ र भन्या ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया