Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिसानको आर्य–आर्जनमा जुनेलो खेती

किसानको आर्य–आर्जनमा जुनेलो खेती


काठमाण्डौँ,माघ ७
जुनेलोको उत्पादनतर्फ अवलोकन गर्ने हो भने उन्नत जातको जुनेलो सरदर एक सयदेखि एक सय पन्ध्र दिनभित्रमा पाक्दछ । जुनेलो विशेषगरी मंसिरको दोस्रो र तेस्रो हप्तामा पाक्दछ । जुनेलो पाक्नेबित्तिकै काट्नु पर्दछ नत्र जुनेको दाना झर्ने सम्भावना हुन्छ । जुनेलोको दाना कडा भएपछि अथवा २५ प्रतिशत चिस्यान कायम रहने गरी काट्नु पर्दछ । साधारणतया अरु जुनेलोको जातअनुसार एक सय पाँच दिनदेखि एक सय ४० दिनसम्ममा पाक्दछ । यो बाली पूर्णरूपले पाकेको यकिन भएपछि जुनेलोको बोटसमेत काटेर बालालाई अगल गर्नुपर्दछ । बालालाई लट्टीले चुटी ३÷४ दिन घाममा सुकाएर १३÷१५ प्रतिशत चिस्यान कायम गरेर मात्र भण्डारण गर्नुपर्दछ । विकसित देशमा भने यसको खेती उन्नत तरिकाबाट गरिएमा ५० क्वीन्टल प्रतिहेक्टरसम्म उत्पादन हुन्छ । यदि जुनेलो गाईवस्तुको आहाराको लागि खेती गर्ने हो भने एक सयदेखि एक सय २५ क्वीन्टल प्रतिहेक्टर उत्पादनसम्म हुने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ ।

विश्वमा जुनलो उपभोगको दृष्टिकोणले हेर्ने हो भने अरु बालीहरूमध्ये चौथो खाद्यान्न बालीको स्तरमा पर्छ । एसियाका धेरैजसो मानिसहरूले यसलाई खाद्यान्नमा प्रयोग गर्दै आएका छन् । यो बालीलाई अर्कोतिर अवलोकन गर्ने हो भने यसलाई घाँसको रूपमा पनि वस्तुभाउहरूलाई खुवाउने गरिएको पाइन्छ । यसको दानामा प्रशस्त मात्रामा प्रोटिन हुनेहुँदा गाईवस्तुहरूको दुध उत्पादनको लागि राम्रो मानिन्छ । अमेरिका र यस्तै अन्य विकसित देशहरूले जुनेलो घाँस एवं दाना उद्योगको लागि कच्चापदार्थको रूपमा प्रयोग गर्दछन् । हाम्रो मुलुकको कुरा गर्ने हो भने विशेषगरी पहाडी भागमा यो बढी पाइने गरेको छ । देशको पहाडी भेगमा जुनेलो विशेषगरी बिरामी भएका मानिसहरूलाई खुवाउन हल्का खानाको रूपमा प्रयोग गरेको पाइन्छ । अतः जुनेला बालीलाई साच्चै भन्ने हो भने हाम्रो देशको कृषि तथयाङ्कमा समावेश भएको पाइँदैन । यो बाली पूर्णरूपमा लोप भइसकेको देखिन्छ । तर, पनि हाम्रा देशका कुना कन्दराहरूमा बसोबास गर्ने साना कृषकहरूले मात्र थोरै लगानीमा हुने भएकोले यो खेती गरको पाइन्छ । तर, यो खेती उनीहरूले आफ्नो दैनिक खानामा प्रयोग गर्न मात्र खेती गर्ने गरेको पाइन्छ । यसको महत्व भने आज आएर धेरै नै भएको पाइन्छ । यो रोगी तथा बिरामीलगायत विभिन्न मानिसहरूको खाद्यान्नमा प्रयोग गर्न ज्यादै नै उपयुक्त भएको विज्ञहरूको ठहर छ । यसले केटाकेटीदेखि लिएर वृद्ध सबैलाई खुवाउन योग्य खाद्यान्नको रूपमा रहेको पोषणविज्ञहरूको भनाइ अर्कोतिर रहेको पाइन्छ । यसमा प्रोटिन १० देखि १२ प्रतिशत, चिल्लोपदार्थ तीन प्रतिशत र कार्बोहाइडेड ७० प्रतिशत पाइन्छ । यो बाली खास गरिकन समुद्र सतहबाट एक हजार मिटरदेखि एक हजार पाँच सयसम्मको उचाइमा राम्रो उत्पादन भएको पाइन्छ ।

जुनेलोको उपयोग विभिन्न देशहरूमा विभिन्न प्रकारले प्रयोग हुँदै आएको पाइन्छ । हाम्रो देशमा भने जुनेलोको प्रयोग खासगरी कन खाद्यान्नको रूपमा जस्तैः रोटी, ढिँडो, हलुवा, भात र दाना भुटेर खाजाको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ । त्यसैगरी पहाडी भेगमा पशुहरूको दाना र घाँसको रूपमा पनि प्रयोग हुँदै आएको छ । कुखुरा, हाँसको लागि चारो बनाउन पनि यसको प्रयोग गरिएको पाइन्छ । त्यस्तै धरेलु उद्योगधन्दाहरूमा पनि पेयपदार्थमा पनि प्रयोग हुँदै आएको पाइन्छ । त्यस्तै पशुहरूको लागि साइलेज बनाई खुवाउने प्रचलन पनि रहेको पाइन्छ । यो खेती खासगरी सबै किसिमको हावापानीमा भएको पाइन्छ । यो बालीले सुख्खा सहन सक्दछ । सिंचाइको सुविधा नभएको टार, फाँट तथा भित्री मधेशको क्षेत्रहरूमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । जाडो मौसममा खेती गर्दा भाद्र महिनाको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म बीउ छरिसक्नु पर्दछ । गर्मी मौसममा खेती गर्दा वैशाखदेखि जेठसम्म बीउ छर्नु पर्दछ । यसको केही ठण्डा क्षेत्रमा खेती गर्न उपयुक्त हुने जातको विकास गर्न मेक्सिको र अन्य विकसित देशहरूमा अनुसन्धान कार्य जारी छ । कम चिस्यान भए पुग्ने र खडेरी सहन सक्ने हुनाले विशेषगरी कम पानी पर्ने उष्ण क्षेत्रमा सफल हुने बालीहरूमा यसको प्रमुख स्थान छ ।

जुनेलोको उत्पादनतर्फ अवलोकन गर्ने हो भने उन्नत जातको जुनेलो सरदर एक सयदेखि एक सय पन्ध्र दिनभित्रमा पाक्दछ । जुनेलो विशेषगरी मंसिरको दोस्रो र तेस्रो हप्तामा पाक्दछ । जुनेलो पाक्नेबित्तिकै काट्नु पर्दछ नत्र जुनेको दाना झर्ने सम्भावना हुन्छ । जुनेलोको दाना कडा भएपछि अथवा २५ प्रतिशत चिस्यान कायम रहने गरी काट्नु पर्दछ । साधारणतया अरु जुनेलोको जातअनुसार एक सय पाँच दिनदेखि एक सय ४० दिनसम्ममा पाक्दछ । यो बाली पूर्णरूपले पाकेको यकिन भएपछि जुनेलोको बोटसमेत काटेर बालालाई अगल गर्नुपर्दछ । बालालाई लट्टीले चुटी ३÷४ दिन घाममा सुकाएर १३÷१५ प्रतिशत चिस्यान कायम गरेर मात्र भण्डारण गर्नुपर्दछ । विकसित देशमा भने यसको खेती उन्नत तरिकाबाट गरिएमा ५० क्वीन्टल प्रतिहेक्टरसम्म उत्पादन हुन्छ । यदि जुनेलो गाईवस्तुको आहाराको लागि खेती गर्ने हो भने एक सयदेखि एक सय २५ क्वीन्टल प्रतिहेक्टर उत्पादनसम्म हुने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । तर, हाम्रो देशको उत्पादन आँकडालाई अवलोकन गर्ने हो भने सरदर उत्पादन दुईदेखि साढे दुई टन प्रतिहेक्टर रहेको अनुमान छ ।

समग्रमा भन्नुपर्दा मुलुकमा धान, मकै, गहुँ, जौ, कोदो, फापरलगायत विभिन्न बालीनालीहरूको खेती हुँदै आएको छ । यसबाहेको जुनेलो पनि एक किसिमको बाली हो । यो बाली अहिले आएर प्रायः नगण्यरूपमा रहेको पाइन्छ । यो पहाडी भू–भागमा प्रयोग गर्ने खाद्यपदार्थमध्ये जुनेलो पनि एक किसिमको खाद्यान्न हो । हाम्रो देशमा यस खेतीलाई त्यति महत्व दिएको छैन । यो बालीको महत्व र खेती गर्ने तौरतरिकाबारे किसानहरूलाई पनि राम्रो ज्ञान नभएको कारणले गर्दा पनि यसको खेती कम मात्रामा भएको पाइन्छ । देशमा खासगरिकन यसको खेती घरको वरिपरि र छेउछाउमा स–साना क्षेत्रहरूमा गरेको पाइन्छ । यसले गर्दा पनि यो खेती नगण्यरूपमा भएको हो । यो सानोतिनो आय–आर्जन हुने कृषकहरूले मात्र यसको खेती गर्दै आएको पाइन्छ । खासगरी मुलुकको दूरदराजहरूमा समेत यसको खेती गरेको पाइन्छ । यो पहिले गाउँघरमा गरिब कृषकहरूले मात्र भुटेर खाजाको रूपमा र ढिँडोकोे रूपमा खाने हुँदा जुनेलोलाई हेयको दृष्टिले हेरिन्थ्यो भने विगत एक दशकदेखि राजधानीका विभिन्न तारे होटल एवं रेष्टुराहरूमा धनी भनाउँदाहरू यसको विभिन्न परिकारहरूको स्वाद चाख्न जानेहरूको लाम लाग्ने गरेको पाइन्छ । यो खेतीलाई बढी पानी परेमा कुहिने हुँदा सिंचाइको आवश्यक नपर्ने र चाँडै पाक्ने बालीमा पर्छ । हाल यस खाद्यान्नमा सरकारले खासै चाँसो नदेखाएको हुनाले यो बालीनालीको उत्पादनमा समेत लोप हुने स्थिति खड्किएको छ । जुनेलो बालीको माग भने दिनप्रतिदिन बढ्दो रूपमा छ भने उत्पादन कम भएको कारणले गर्दा मागअनुरूप आपूर्ति गर्न सकिएको छैन । यस कारणले गर्दा बेलैमा सरकारले यस बालीप्रति सोचविचार पु¥याएर जुनेलो खेतीलाई आवश्यक महत्व दिई मल, बीउ, उन्नत औजारहरू र प्राविधिक ज्ञानको व्यवस्था मिलाएको खण्डमा यसबालीको विकास भई स–साना कृषकहरूको दैनिक रोजगारीको साथसाथै आय–आर्जनमा समेत वृद्धि हुने कुरामा कसैको पनि दुईमत नहोला ।विश्वनाथ खरेल


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया