Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना भाइरस र नेपाली अर्थतन्त्र

कोरोना भाइरस र नेपाली अर्थतन्त्र


नन्दलाल खरेल

काठमाण्डौँ,फागुन २०
विश्वमै अत्यन्त चर्चा र सन्त्रासको रूपमा पैmलिएको छ, कोरोना भाइरस (कोभिड–१९) । महामारीको स्वरूप लिएको कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या फेब्रुअरी २८ सम्ममा दुई हजार सात सय ४७ पुगेको छ भने संक्रमण हुनेको संख्या ७८ हजार छ सय ३० पुगेको छ । चीनपछि मत्यु हुने देशमा इरान २२, कोरिया १३, इटाली १२, जापान तीन, फ्रान्स दुई, फिलिपिन्स एक र डायमण्ड प्रिन्सेसमा चार पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिले विश्वभरिमा ८२ हजार दुई सय ९४ को संख्यामा संक्रमित देखिएका छन् । चीनपछि सबैभन्दा धेरै कोरोना प्रभावित भएको मुलुक कोरिया हो । यहाँ दुई हजारभन्दा बढी उक्त भाइरसका संक्रमित पुगेका छन् । चीनबाट पैmलिएको कोरोना भाइरसको संक्रमण ५० भन्दा बढी देशमा पुगिसकेको छ ।कोरोना भाइरसका कारण जनस्वास्थ्यका हिसाबले मात्र नभई विश्व अर्थतन्त्रमा समेत प्रभाव पर्ने देखिन्छ । खाडी देशहरूको कोरोना भाइरस पैmलिन थालेपछि उडान रद्द गर्ने क्रम तीव्र भएको छ । भाइरस संक्रमण थप फैलिनबाट रोक्न यस क्षेत्रका देशहरूले उक्त कदम चालेको बीबीसीले समेत जनाएको छ । कोरोना भाइरसको संकटका कारण विश्वव्यापी विमान सेवा कम्पनीलाई यो वर्ष २९ अर्ब डलरको घाटा हुने भएको छ । यसमध्ये चिनियाँ विमान कम्पनीलाई सबैभन्दा धेरै घाटा हुने देखिएको छ ।अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)का अनुसार कोरोना भाइरसका कारण पैmलिएको संक्रमणले यो वर्ष एसियाली विमान कम्पनीको मागमा १३ प्रतिशतको गिरावट आउन सक्छ । आईएटीएका अनुसार यो संकटका कारण विश्वव्यापी हवाई सवारी यो वर्ष चार दशमलव सात प्रतिशतसम्म कम हुन सक्छ ।आईएटीका महानिर्देशक एवं सीईओ अलेक्जेन्डर डे जुनियकले भनेका छन्, ‘चीनमा पैmलिएको कोरानाको संकटबाट विश्व प्रभावित भइरहेको छ । यात्रीमा डरको अवस्था पैदा भएको छ । चीनका अतिरिक्त दक्षिण कोरिया तथा जापानको सरकार तथा स्वास्थ्य विशेषज्ञले मानिसलाई बाहिर ननिक्लनका लागि सल्लाह दिएका छन् ।’ उनले भने, ‘विश्वव्यापी विमान उद्योगका लागि यो अत्यन्त चुनौतीपूर्ण समय हो । यो संकटको अन्त्य गर्नु पहिलो प्राथमिकता हो । यसबाट मुक्ति मिलेपछि विश्वव्यापी विमान उद्योगले पुनः एक पटक रफ्तार लिनेछ ।’विश्व स्वास्थ संगठनले विश्वव्यापीरूपमै यो संक्रमणको जोखिम ‘उच्च’ रहेको प्रस्ट पारिसकेको छ । नेपाल पनि यो भाइरसबाट उच्च जोखिमको सूचीमा परेको छ ।

नेपालले अहिलेसम्म कोरोना भाइरसबाट बच्न गरेको पूर्वतयारी नाम मात्रको रहेको टिप्पणी भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेको हो । डब्लूएचओले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानस्तानलाई समेत कोरोना भाइरसको अतिउच्च जोखिम भएको देशको सूचीमा राखेको छ । नेपालमा हालसम्म एक नाजालाई मात्र यो भाइरसको संक्रमण भएको बताइए पनि संक्रमणको दृष्टिले नेपाल उच्च जोखिममा छ ।कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना देखिएको छ । नेपालको वैदेशिक व्यापार, रेमिट्यान्स, पर्यटन, विदेशी लगानी आदि विभिन्न क्षेत्रमा असर पर्ने देखिन्छ । कोरोना भाइरसको सवैभन्दा ठूलो असर वैदेशिक व्यापारमा देखिएको छ । मुलुकको राजस्वको स्रोत वैदेशिक व्यापार हो । भारतपछि सबैभन्दा धेरै आयात–निर्यात चीनमा हुनेगरेको थियो । वार्षिक दुई खर्ब रूपैयाँभन्दा बढीको सामान चीनबाट आयात हुने भएकोले नेपाली बजारमा उसको हिस्सा १५ प्रतिशतभन्दा बढी थियो । ती सामग्री आयात हुने प्रमुख नाका रसुवागढी माघको दोस्रो हप्तादेखि बन्द छ । चीनतर्पm हवाई सम्पर्क पातलो भएकोले त्रिभुवन विमानस्थलबाट हुने आयात निर्यात पनि कम छ ।मुलुकको झण्डै एक तिहाइ अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । नेपालबाट झण्डै एक सय १० मुलुकका नेपालीहरू कामको खोजीमा विदेश गएका छन् । यो कोरोना भाइरस ५० भन्दा बढी देशमा पुगिसकेको छ । त्यसो हुँदा विदेशमा काम गर्ने नेपालीहरूमा पनि ठूलो सन्त्रास पैmलिएको छ । कतिपय युवाहरू सो सन्त्रासको कारणले कामै छोडी आउन थालेका छन् भने कतिपय जाने तयारीमा रहेका युवाहरू पनि नजाने मुडमा छन् ।

अहिले दक्षिण कोरिया तथा खाडी मुुलुकका कतिपय देशमा कोरोना भाइरस पुगिसकेको र सयौंका संख्यामा यो भाइरसबाट निधन भएको समाचार पनि आइसकेको छ । यस भाइरसले प्रत्यक्ष रेमिट्यान्समा असर पार्ने निश्चित छ । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडी देशमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।कोरोना भाइरसको कारण मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने पर्यटन क्षेत्रमा समेत असर परेको छ । भारतपछि सर्वाधिक चिनियाँहरूले नेपाल भ्रमण गर्छन् । गतवर्ष भित्रिएका करिब १२ लाख पर्यटकमध्ये चिनियाँ मात्रै एक लाख ७० हजार थिए । कोरोनाको संक्रमणपछि चीनबाट मात्रै होइन, अन्य देशबाट समेत पर्यटक आगमन घटेपछि काठमाडौँको ठमेल, पोखरा, भैरवाको लुम्बिनी र चितवनको सौराहलगायतका पर्यटकीय गन्तव्य सुनसान छन् ।भ्रमण वर्षमा चीनबाट कम्तीमा पाँच लाख पर्यटक नेपाल भित्रिने अपेक्षा थियो । यस प्रयोजनका लागि नेपालले चिनियाँ अभिनेत्री स्वी छिङलाई सद्भावना दूत नियुक्त गरेर यथोचित प्रयास पनि गरिरहेको थियो । जनवरी पहिलो साता बेइजिङस्थित नेपाली दूतावासले पनि स्वीछिङलगायत नेपालबाट सगरमाथा आरोहण गर्ने पर्वतारोही, पर्यटन व्यवसायीलगायतको उपस्थितिमा चिनियाँ नागरिकलाई नेपाल भ्रमण निम्तो दिएको थियो । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले समेत मोडलिङलगायतका गतिविधि गरेर चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गरिरहेकी थिइन् । तर, कोरोनाको हल्ला चल्नेबित्तिकै चिनियाँहरूले नेपाल भ्रमणको टिकट रद्द गरेबाट पर्यटन क्षेत्र निराश हुनथालेको छ भने यता नेपाल सरकारले पर्यटन वर्षलाई नै स्थगित गरेको घोषणा गरेको छ । यसलाई सकारात्मकरूपमा लिइनुपर्छ ।कोरोना भाइरसको असर विदेशी लगानी र त्यस्ता लगानी स्वीकृत भइसकेका आयोजना एवं विकास निर्माणका क्षेत्रमा परेको छ । पछिल्लो समयमा नेपालमा चीनबाट सञ्चालित थुप्रै परियोजनाहरू थिए । तर ती योजनाहरू कोरोना भाइरसका कारण समयमै हुन नसक्ने देखिन्छ । पोखरा र भैरवाको दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि कोरोना भाइरसको कारणबाट स्थगित भएको छ । जुन योजनाहरू राष्ट्रिय गौरवका आयोजना थिए ।अन्त्यमा, कोरोना भाइरसले विश्वभर महामारीको रूप लिइसकेको छ । यो भाइरस चीनका लागि मात्रै होइन, यसको उचित व्यवस्थापन गर्नु हरेक राष्ट्रको कर्तव्य हो । नेपालमा यो भाइरसले मानिसको स्वास्थ्यमा मात्र नभएर देशकै अर्थतन्त्रमा समेत असर गर्ने भएकोले बेलैमा मुलुकले आन्तरिक उत्पादन बढाई सबै युवाहरूलाई स्वदेशमै रोजगारी दिने नीति लिई मुलुकको अर्थतन्त्र धरायसी हुनबाट बचाउनु पर्छ । हाम्रा शासकहरूले यो कुरामा ध्यान दिन जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया