Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपुँजीबजार बढ्न नसक्नुको कारण को ?

पुँजीबजार बढ्न नसक्नुको कारण को ?


काठमाडौं । पछिल्लो समयमा सेयरबजार उकालो लाग्न सकिरहेका छैनन् । कारोबार रकममा केही सुधार भएको भए पनि नेप्सेमाथि जान सकिरहेका छन् । यसका कारणहरू केलाउँदै छन् सेयरबजारका जानकारहरू । कतिपय विज्ञहरूको भनाइमा बैंकको ब्याजदर घटेपछि सेयरबजार बढ्छ र बैंकको ब्याजदर बढेपछि सेयरबजार घट्ने गर्छ भन्ने भनाइ रहेका छन् । तर पछिल्लो समयमा बैंकको ब्याजदर घटिरहँदा पनि सेयरबजार उकालो लाग्न सकिरहेका छैनन् । त्यसैगरी बैंकहरूमा तरलताको पनि अभाव नरहेको सरोकारवालाहरू बताउँछन् तर पनि सेयरबजार बढ्न सकिरहेका छैनन् । देशको आर्थिक अवस्था पनि सामान्य नै रहेका छन् । तर पनि सेयरबजारमा नेप्से बढ्न सकिरहेका छैनन् भने कारोबार रकममा पनि वृद्धि हुन सकिरहेका छैनन्, सेयरबजार जहाँको त्यहीँ घुमिरहेका छन् । त्यसो त पछिल्लो समयमा बैंक तथा वित्त कम्पनीहरूको बारेमा र सेयरबजारप्रति नकारात्मक धारणाहरू सप्रेषण भइरहेका छन् व्यापारीदेखि नेता सांसददेखि प्राध्यापकहरू समेतले बैंक तथा वित्त कम्पनीहरूको बारेमा नकारात्मक अभिव्यक्तिहरू दिन भने छाडेका छैनन् । त्यसो त सेयरबजार प्रतिलगानीकर्ताहरूको आकर्षण घटिरहेका छन् भनेर पनि भन्ने गरिरहेका छन् जानकारहरू सेयरबजारमा लगानी गर्ने वातावरण पनि बन्न नसकिरहेको अवस्था रहेको पनि कतिपयको भनाइ रहेका छन् । त्यसो त सेयरबजार उकालो लागेपछि लगानीकर्ताहरू धमाधम भित्रिने गर्छन् भने सेयरबजार ओरालो लागेपछि बाहिरिने पनि गरेका छन् । घट्दो बजारमा लगानी गर्दा फेरि घट्छ कि भन्ने डरले नयाँनयाँ लगानीकर्ताहरू पनि प्रवेश गर्न डराउँछन् ।

त्यसो त पछिल्लो समयमा प्राथमिक बजारका लगानीकर्ताहरूको आकर्षण भने बढिरहेको छ । तर दोस्रो बजारमा भने लगानीकर्ताहरूको आकर्षण बढ्न नसकिरहेको अवस्था छ । त्यसो त सेयरबजार उकालो लाग्न नसकेकोमा विविध चर्चाहरू चल्ने गरिरहेका छन् । पछिल्लो समयमा सेयरबजारमा लगानीकर्ताहरूको आत्मविश्वास बढ्न सकिरहेको छैन भने मनोबल उठ्न सकिरहेको छैन । सेयरबजारमा नेप्से २२ सयभन्दामाथि जान सकिरहेको छैन । यस कारणले पनि लगानीकर्ताहरू लगानी गर्न डराइरहेका छन् । पछिल्लो समयमा नेप्सेले २२ सय अंक पार गर्न सकिरहेका छैनन् । कतिपयले देशको अस्थिर राजनिति र अस्थिर सरकारलाई दोष दिने गरेका छन कतिपयले भने नेपाल राष्ट्र बैंक र गभर्नर साहेबलाई दोष दिने गरेका छन् । अधिकांश लगानीकर्ताहरूले गभर्नर साहेबको पदावधि कहिले सकिन्छ भनेर दिनगन्ती गरिरहेका छन् । कतिपयले भने सेयरबजारका नियामक निकायलाई दोष दिने गरेका छन् । कतिपयले भने स्वयं लगानीकर्तालाई नै दोष दिने गरिरहेका छन् । स्वयं लगानीकर्ताहरूको कारणले सेयरबजारमा बढ्न नसकेको हो भनेर भन्ने गरिरहेका छन् जानकारहरू । त्यसो त कतिपय लगानीकर्ताहरूमा आत्मविश्वास नहुनु र १०/२० रुपैयाँ नाफा आएपछि बेचिहाल्ने मनोविज्ञानले पनि काम गरिरहेको देखिन्छ । यसले पनि सेयरबजार बढ्न नसकेको हो भन्ने कतिपय जानकारहरूको भनाइ छ । तर पनि नेपाल राष्ट्र बैंक र गभर्नरले चाहेमा सेयरबजारलाई उकास्न सकिने जानकारहरूको भनाइ छ । कतिपय सरोकारवालाहरूको भनाइमा स्वयं गभर्नर नै सेयरबजारलाई माथि लैजान अनिच्छुक भइरहेको बताउने गरेका छन् । सेयरबजार बढ्नका लागि सेयरबजारका नियामक निकायहरूको नीति नियम निर्देशनले महत्व हुने गरेका छन् ।

एकथरि लगानीकर्ताहरूको भनाइ सेयरबजारलाई १० कित्तेले बिगारेको भनेर भन्ने गरेका छन् भने अर्कोथरिको भनाइमा कित्ताको रु १० नाफामा बेच्नेहरूले बिगारेको हो भनेर भन्ने गरेका छन् । त्यसो त यसको बजारमा विश्लेषण गर्ने हो भने यसलाई नकार्न भने सकिँदैन । सायद यही कारणले पनि सेयरबजार उकालो लाग्न नसकिरहेको हो कि भन्नेहरू पनि नभएका होइनन् । त्यसो त सेयरबजारलाई सत्तासँग पनि जोडेर हेर्ने गरेका छन् । देशमा सत्ता फेरिने सकेट पाउनासाथ सेयरबजारमा उथलपुथल हुने गरेका छन् । पछिल्लो समयमा पनि सत्ता समीकरणको फेरिने हल्ला हुनासाथ सेयरबजारमा उथलपुथल भएको थियो । सेयरबजारमा नेप्से ६ प्रतिशतले बढेको थियो । तर नेप्से बढे पनि लगानीकर्ताहरूले कारोबार भने गर्न पाएन सेयर कारोबार भएको केही मिनेटमै कारोबार बन्द भएको थियो । त्यसो त सत्ता फेरिने भए पछि अर्थमन्त्री को हुने हो भन्नेमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने गरेका छन् । त्यसो त सेयरबजारलाई बुझ्ने अर्थमन्त्री भए सेयरबजारको लागि राम्रो हुनेमा दुईमत नहोला । अहिलेको विवादित अर्थमन्त्री वर्षमान पुन सेयरबजारप्रति सकारात्मक रहेको देखिन्छ । वर्तमान अर्थमन्त्रीको निर्देशन गभर्नर साहेबले कत्तिको सुन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर पनि सेयरबजारलाई नेप्सेलाई अर्थमन्त्रीले माथि लाने भने होइन । सेयरबजारको लागि महत्वपूर्ण भनेको त नेपाल राष्ट्र बैंक र गभर्नर साहेब नै हुन् । नेपाल राष्ट्र बैंकको नीतिनियम निर्देशनले नै सेयरबजारमा सकारात्मक र नकारात्मक असर पर्ने गरेको छ । यो कुरालाई लगानीकर्ताहरूले ध्यान दिनुपर्ने देखिन्छ । मन्त्रीको अनुहारले सेयरबजार तलमाथि जाने भन्ने होइन । तर पनि सरकार र अर्थमन्त्री सेयरबजारमैत्री सकारात्मक भने हुनुपर्छ ।

त्यसो त कतिपयको भनाइमा सेयरबजारमा चल्ने हल्लाले पनि सेयरबजारलाई उत्तानो पार्ने गरेको बताउँछन् । त्यसो त बेलाबेलामा हुने सरकार परिवर्तन र राजनीतिक खिचातानी अस्थिर सरकार राजनीतिक नेताहरूको सेयरबजारप्रतिको नकारात्मक धारणाहरूले पनि सेयरबजारमा नकारात्मक असर पर्ने गरेको देखिन्छन् । पछिल्लो समयमा सेयरबजार सामान्य अवस्थामा रहिरहँदा पनि सेयरबजार उकालो लाग्न नसकेकोलाई सेयरबजारमा कर्मकाण्ड त भइरहेको छैन भनेर पनि भन्ने गरिरहेका छन् । पछिल्लो समयमा नेप्से १९ सय अंक र २२ सय अंकमा रुमलिरहेका छन् । त्यसो त कतिपयको भनाइमा कित्ताको १० रुपैयाँ नाफामा बिक्ने लगानीकर्ताहरूको कारणले सेयरबजारमाथि जान नसकिरहेको हो भन्नेहरू पनि नभएको होइनन् । त्यसो त सेयरबजारमा नेप्से कहिले बढ्छ त कहिले घट्छ पनि यसमा सेयरबजारका लगानीकर्ताहरूको मनोविज्ञानले पनि काम गरिरहेका हुन्छन् । कतिपय विश्लेषकहरूको भनाइ छ । तर पनि सेयरबजारमा लगानीकर्ताहरूको धैेर्यता भने हुनुपर्छ । त्यसो त पछिल्लो समयमा सेयर बजारको दोस्रो बजारमा भन्दा पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण रहेका छन् भने कतिपय जानकारहरूको भनाइमा पछिल्लो समयमा ठूला भन्ने लगानीकर्ताहरूको सेयरबजारप्रति अलि कम ध्यान गएको हो कि भन्ने पनि भनाइ रहेका छन् । ठूला लगानीकर्ताहरूको प्रवेशविना सेयरबजारले गतिलिन नसक्ने कतिपयको भनाइ रहेका छन् । त्यसो त अस्थिर सरकार नेपाल राष्ट्र बैंक र गभर्नरको सेयरबजारप्रति उदासिनताले भन्दा पनि लगानीको माहोल बन्न नसकेकोजस्तो देखिन्छ । सेयरबजारको विश्लेषण भर्दा कहिलेकाहीँबाट गभर्नरमा आएर नै ठोकिन पुग्छ । त्यसो त अधिकांश लगानीकर्ताहरू गभर्नर साहेब महाप्रसाद अधिकारीको पद कहिले सकिन्छ भनेर प्रतीक्षा गरिरहेकाहरू पनि नभएका होइनन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया