Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यावरणमा बढ्दो चुनौती

पर्यावरणमा बढ्दो चुनौती


काठमाडौं । पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुनेगरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । यसर्थ पर्याावरण बढ्दै गैरहेको जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घाँतक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्याावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यत्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीयरूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिकरूपले बिसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । फलतः मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ । यसरी नै सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई गोबल भिलेज पनि भन्ने गर्दछन्  । वस्तुतः मानवले जति–जति उन्नति ग-यो उति उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । यसर्थ मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । जुन मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्बअघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एककोशीय जीवको अस्तित्वका साथै २० लाख वर्षजति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एक–अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काईसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्नगई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानवजातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब ३० करोड प्राणीहरू बासविहीन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरेका छन् । यसरी प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरूलाई वर्षेनी १० करोडभन्दा बढी सल्फरडायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । जुन अहिले बनिरहेका घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । जसले गर्दा विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् । तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले । यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडि जेनेरोमा पृथ्वी शिखर सम्मेलन भएको थियो । जसले मौसम परीवर्तनका कारक तत्वहरूको नियन्त्रण जैबिक विविधताको संरक्षण र एजेण्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि धोषणा ग-यो । यसरी अर्कोतिर हेर्ने हो भने यसमा वन्यजन्तुको अवैध चोरी सिकारी तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस बिषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो ।

मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतनामूलक जगारणको आवश्यक छ । अतः अहिलेको जनमानसमा वातावरण सम्बन्धित चेतनामूलक कार्यक्रमको आवश्यकता देखिन्छ । जबसम्म वातावरणको महत्व झल्काउँदै जिल्ला­जिल्लामा चेतनामूलक ¥याली पनि निकालिन्छ । मूलतः वातावरणसम्बन्धी चित्रकलालगायतका रचनात्मक व्रिmयाकलापहरू गरिन्छ । यसरी बाँझो तथा खाली जग्गाहरूमा वृक्षरोपण पनि गरिन्छ । यसर्थ काठमाडौंको घना सहरीकरणलाई ध्यानमा राखेर प्रत्येक वर्ष बागमती सफाइलगायतका विभिन्न अभियानमुखी कार्यक्रमहरू गरिँदै आएको छ ।

निष्कर्षमा भन्नुपर्दा वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमहरू सहरी क्षेत्र तथा ग्रामीण क्षेत्रमा जनचेतना जगाउने खालको कार्यक्रम गर्नुपर्ने त्यत्तिकै आवश्यक हुन्छ । यसरी वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भएको छ । यसैक्रममा भन्ने हो भने विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमीन रुखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरूको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाई बासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायुमण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले श्वासक्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छवटा रुखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २.७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि दुई करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका एक सय ३० जातका जंगली चराहरू स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रुखहरू वर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुमूमीकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत यस साझा पृथ्वीमा वातावरणीयरूपमा बसोबासको लागि समानरूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हुँदैन भन्ने कुरामा जोड दिइएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया