Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयी कुरा खानुस्, एलर्जी टाढा भगाउनुस्

यी कुरा खानुस्, एलर्जी टाढा भगाउनुस्


काठमाडौं । बदलिँदो मौसम एकातिर जहाँ चिसोबाट छुटकारा दिलाई राखेको छ त्यही अर्कोतिर कयौँ थरीका स्वास्थ्य समस्याहरू पनि साथमा लिएर आउँदै छ । हरेक साल देखिनेगरेको छ कि गर्मीबाट जाडो र जाडोबाट गर्मीको आगमनका साथै हाछियुँ आउने नाक बग्ने, रुघाखोकी र खराब पाचन हुनुका साथ साथै हाम्रो रोग प्रतिरोधक क्षमता पनि कमजोर हुन थाल्दछ । यस्ता मौसमी बिमारीहरूले जसै नै हामीलाई प्रभावित गर्दछ तब हामी तुरुन्त आराम पाउनका लागि अलग–अलग किसिमका औषधिहरूतिर भाग्न थाल्दछौँ । जसको धेरै पटक बेग्लाबेग्लै किसिमका दूष्प्रभाव पनि देखिने गर्दछन् । यस्तोमा प्राकृतिक चिजहरू तथा तरिकाबाट उपचार गरिनु एक सुरक्षित एवं सजिलो उपायको रूपमा अधिकांश मानिसलाई सुहाउँछ । यी तरिकाको मदतले न केवल यसप्रकारका मौसमी बिमारीहरूबाट छुटकारा पाउन सकिन्छ बरु यसबाट हाम्रो रोग प्रतिरोधक क्षमता पनि बलियो हुन्छ जसले हामीलाई अन्य धेरै खाले बिरामीहरूसँग लड्न तागत दिन्छ । मौसमी बिमारीहरूबाट छुटकारा पाउन यस्ता प्राकृतिक उपायहरू छन् जसका लागि तपाईँलाई कतै बाहिर जान पनि जरुरी छैन किनकि यिनको उपचारका सारा सामग्री तपाईँको घरमा पहिलेदेखि मौज्दात छ ।

यिनबाट बढ्छ इम्युनिटीः यस मौसममा यदि तपाईँ आफ्नो रोग प्रतिरोधक क्षमतलाई केही गरी मजबुत राख्न सक्नुहुन्छ भने आधा दिक्कत त आफैँ खत्तम हुन्छ । काँक्रो र भुँइकटहरमा विशेषरूपले यस्तो औषधीय गुण पाइन्छ जसले न केवल हाम्रो कलेजोलाई स्वस्थ्य बनाउँछ बरु हाम्रो शरीरबाट विषालु तत्वहरू पनि बाहिर निकाल्छ । यसका लागि एउटा काँक्रोसँग दुई टुक्रा भुइँकटहर तीन चार टुक्रा स्याउ दुई चार पुदिनाको पातहरू करिब एक चम्चा कागतीको रस र चुटकी भरी मरिचको धुलो मिलाएर राम्रोसँग ग्राइन्डरमा राखेर पिस्नुपर्छ । अनि यसमा स्वादअनुसार मह, नुन र बरफ राखेर पिउनुस् ।

बडो गुणकारी बेसारः यसो त बेसारको औषधीय गुणबारे हामी सबैलाई राम्रोसित जान्दछौँ र आम तौरमा हाम्रो घरमा बेसार तरकारीमा हालेर खाने गरिन्छ । तर के तपाईँ जान्नुहुन्छ कि यसबाट एउटा यस्तो शानदार पेय पनि बन्छ जुन एसीडीटी, अपच र छातीमा जलन, आस्थमा, एग्जीमा र आर्थरायिटिसको समस्यामा विशेषरूपले लाभकारी हुन्छ । यसको पेय बनाउनका लागि करिब ५० एमएल नरिवलपानीमा ५–१० ग्राम बेसार र १०–१५ ग्राम अदुवा राखेर पिस्नुस् । अनि मिश्रणलाई छानेर यसमा एक चम्मा कागतीको रस एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउनुस् ।

कमाल देखाउँछ काठालेः काठा एउटा यस्तो घरेलु पेय हो जुन धेरै पुरानो बेलादेखि हाम्रो घरहरूमा बनाइन्छ । खोकी जुकाम र घाँटीको संक्रमणमा विभिन्न गरम मसलाहरू मियाएर बनाइएको काठा धेरै लाभकारी हुन्छ । घरमा काठा बनाउनका लागि ५० ग्राम अदुवा, ५० ग्राम बेसार, २–३ ग्राम अलैँची र २–३ वटा तुलसीको पातलाई पिसेर लेप बनाउनुस् । अब एउटा भाँडोमा पानीसँग यो मिश्रण उमाल्नुस् र साथै यसमा ५–१० ग्राम दालचिनी पनि हाल्नुस् । यसलाई राम्रोसँग पाक्न दिनुस् । पिउनभन्दा पहिला स्वादअनुसार मह हाल्नुस् ।

प्रभावशाली प्रोवायोटिक्सः प्रोवायोटिक्स हाम्रो पाचनतन्त्रलाई दुरुस्त राख्नमा धेरै महत्वपूर्ण योगदान हुन्छ । यिनले हाम्रो पाचनको लागि काम लाग्ने ब्याक्टेरियालाई बढाउँछ र हानी गर्ने ब्याकटेरियलाई खतम गर्दछ । जसले गर्दा शरीरको रोग प्रतिरोधक क्षमता पनि मजबुत हुन्छ साथै मौसमी एलर्जी जस्तैः आस्थमा आदिबाट पनि छुटकारा मिल्छ । आफ्नो आहारामा दही सौरक्राट र किम्ची सलादलाई अवश्य सामेल गर्नुस् किनकि यिनमा प्रचुर मात्रामा प्रोवायोटिक्स पाइन्छ । सौरक्राटले पाचनक्रिया दुरुस्त राख्छ जुन बन्दागोभीको फरमेन्टेसनबाट तयार हुन्छ । दर असर पनिर तयार गर्दाको प्रक्रियामा यसमा लेक्टोबेसीलस जीवाणु पनि पैदा हुन्छ जुन पाचनलाई दुरुस्त राख्नका साथै भिटामिन–सी को मात्रा बढाउँछ । बिहानको बेला खालीपेटमा यसको सेवनले धेरै फाइदा गर्छ ।

नजिक पर्नेछैन साइनस पिनासः मौसम बदलिनुका साथै परेशान गर्ने एलर्जीमा साइनस पिनासबाट धेरै मानिस प्रभावित भएको देखिन्छन् । नाक बन्द हुनु नाक जकडिनु र टाउको सँगै अनुहारको मांसपेशीहरूमा हुने साइनस पिनासको दुखाई रुवाउने खालको हुन्छ । सुकेको रातो खोर्सानी अदुवा लसुनले यो दुखाइबाट छुटकारा पाउन धेरै मदत मिल्छ । यिनमा कैप्साइसिन नामक रसायनिक यौगिक हुन्छ जसले बन्द नाकलाई खोल्न सहायक हुन्छ साथै टाउको दुखाइ तथा अनुहारको मांसपेशीको जकडलाई हटाउँछ ।

कम हुन नदिनुस् म्याग्नेसियम : म्याग्नेसियम एउटा प्राकृतिक ब्रोको डाइलेटर मानिन्छ जसले हाम्रो फोक्सोसम्म अक्सिजन पु-याउने वायुमार्गलाई ठीक राख्दछ । बदलिँदो मौसममा जब एलर्जीका कारण मांसपेशीहरूमा जकडन हुन थाल्दछ या वायुमार्ग साँघुरो हुन थाल्दछ अनि अस्थामा जस्तो स्थितिबाट लड्नमा म्याग्नेसियम प्रभावी भूमिका निभाउँछ । पालुङ्गो, केरा, काजु, बादाम, पनीर आदिमा प्रचुर मात्रामा मैग्नेसियम पाइन्छ यिनीहरू नियमित खानुस् । माथि उल्लिखित नियमित व्यवहारमा प्रयोग गर्ने हो भने तपाईँ आफैँ कुशल वैद्य, अल्छी लागे हाम्रा सहरबजारमा तपाइँको सेवामा खुलेका छन् नर्सिङ होम ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया