कर्णाली प्रदेशको विकास र समृद्धिको खाका ‘कर्णाली ड्रिम्स’
काठमाडौं । दैवी साम्राज्यको स्थापना भएको पवित्र भूमि वैदिक सभ्यताको केन्द्र, वेद, पुराण र मनुस्मृतिमा उल्लिखित र परिभाषित भएको क्षेत्र, समृद्धि र विकासको लागि प्रख्यात सिंजा साम्राज्य रहेको प्रदेश हो कर्णाली प्रदेश । ऐतिहासिक कालमा नै देश विदेशसँग सम्पर्क रहेको अर्थिक तथा सामारिकरूपमा महत्वपूर्ण राज्य थियो जुम्ला साम्राज्य । अहिले पनि मष्टो पुजक सम्पूर्ण खस आर्यको आस्थाको केन्द्र हो कर्णाली प्रदेश । आफ्नो ऐतिहासिक भव्यता, सभ्यता, वैभव विकास र समृद्धि हासिल गरी सम्पूर्ण कर्णाली प्रदेशलाई देश र प्रदेशको विकास र समृद्धिको इन्जिनको रूपमा परिवर्तन गरी प्रदेशवासीहरूको जीवनलाई सुखी र समृद्ध बनाउने अभियान नै ‘कर्णाली ड्रिम्स’ हो ।
तर कर्णाली प्रदेशको वर्तमान वास्तविकता धेरै त्रासदीपूर्ण र कहालीलाग्दो छ । कुपोषण, महामारी, अशिक्षा, जातीय विभेद, छुवाछुत र छाउपडी प्रथाजस्तो अन्धविश्वास सामाजिक र धार्मिक विभेदको रूपमा सदियौँदेखि व्याप्त भई कर्णाली प्रदेश एक पिछडिएको प्रदेशको रूपमा रहेको छ । ठूला पूर्वाधारहरूको विकास नभएको उद्योगधन्दाहरूको पूर्ण अभावले यहाँको उत्पादनशील जनशक्ति चरम बेरोजगारीले ग्रसित भई कामको खोजीमा ठूलो संख्यामा विदेश पलायन दिनानुदिन भइरहेको छ । सदियौँदेखि राज्यबाट प्रताडित, उपेक्षित र अपहेलित भई आर्थिकरूपमा नेपालकै सबैभन्दा गरिब प्रदेशको रूपमा यो प्रदेश रहेको छ । यो कटु कर्थातलाई यस प्रदेशको मानव विकास सूचकाङ्क नेपालका अन्य प्रदेशसँग तुलना गरेमा प्रस्टरूपमा देखिन्छ । अर्थात् नेपाल आफैँमा विश्वका दरिद्रतम मूलुकहरूमध्ये एक हो भन्ने कर्णाली प्रदेश नेपालका सात प्रदेशहरूमध्ये सबैभन्दा सामाजिकरूपमा पिछडिएको र आर्थिकरूपमा सबैभन्दा पछाडि परेको प्रदेश हो ।
यसमा पनि महिला र दलितहरूको अवस्था झनै मध्ययुगीन अवस्थामा छ । यो वर्तमान कर्णाली प्रदेशको कटु र नाङ्गो यर्थाथता हो, वास्तविकता हो ।
२०७२ को सविंधान जारी भई संघ, प्रदेश र स्थानीय तीनै तहका चुनावहरू भई वर्तमान अवस्थामा दुई तिहाई बहुमतसहित संघीय सरकार र सातमध्ये छवटै प्रदेश सरकारमा नेकपा सत्तारुढ छ भने दुई नम्बर प्रदेशमा नेकपाको समर्थनमा प्रदेश सरकार सत्तासीन छ । तसर्थ नेपालमा राजनीतिक अस्थिरताको युग समाप्त भइसकेको अवस्था छ । अब संघीय, प्रदेश र स्थानीय सरकारहरूको एक मात्र एजेन्डा देश, प्रदेश र स्थानीय तहको विकास र समृद्धि हासिल गर्दै अगाडि बढ्नु नै हो । वर्तमान सत्तारुढ दल नेकपाले पनि यही विकास र समृद्धिको नारामा यो दुई तिहाइको प्रचण्ड जनादेश प्राप्त गरेको छ । यस्तै कर्णाली प्रदेशमा पनि यही विकास, समृद्धि र सुखी जनताको नारामा जनताले विश्वास र भरोसा गरी नेकपालाई दुई तिहाइ बहुमत दिएर सत्तासीन गराएका हुन् । अब प्रदेश सरकार कुनै पनि बहानामा विकास र समृद्धि नल्याई भाग्न सक्ने अवस्थामा छैन । कर्णाली प्रदेश देशकै सबैभन्दा पिछडिएको प्रदेश हुनाले विकास, समृद्धि र जनताको सुखी जीवनको लागि तथा नेपाल र विश्वमै पुरानो आफ्नो नेतृत्वदायी भूमिकाको पुनर्स्थापना गर्न यहाँका मुख्यमन्त्रीको नेतृत्वमा रहेको सरकारले छिटोभन्दा छिटो एउटा विषयविज्ञहरूको एक शक्तिशाली विकास आयोग गठन गरी विकास र समृद्धिका लागि आर्थिकरूपले फाइदाजनक महत्वपूर्ण परियोजनाहरू छनोट गर्दै पुँजी व्यवस्थापन गर्दै कार्यान्वयन तहमा लैजानु पर्दछ । अनि मात्र प्रदेश विकसित र समृद्धि बनी यस प्रदेशका जनताहरू सुखी हुनेछन् । प्रदेशले विश्व मानचित्रमा नेतृत्वदायी भूमिका खेल्न सक्दछ ।
कर्णाली प्रदेशको मात्र होइन सम्पूर्ण नेपाललाई विकसित र समृद्ध बनाउन कर्णाली प्रदेश प्राकृतिक साधान तथा स्रोतहरूले भरिपूर्ण छ । नेपालको तुलनात्मक लाभ भएका प्राकृतिक स्रोतहरू जस्तैः जलस्रोत, पर्यटन, उच्च मूल्य, उच्च पहाडी कृषि, खनिजपदार्थ, जडीबुटीजस्ता जैविक विविधताको यस क्षेत्रमा प्रचुरता छ । पेट्रोलियम पदार्थ उत्खन्नको पनि ठूलो सम्भावना यस प्रदेशमा रहेको छ ।
यही प्राकृतिक स्रोतहरूलाई वैदेशिक पुँजीको व्यवस्थापन गरी दोहन गर्दै यही स्रोतहरूमा आधारित उद्योगधन्दाहरूको सञ्चालन विभिन्न मोडलहरू अपनाई सरकार अघि बढेमा कर्णाली प्रदेश अभूतपूर्वरूपमा छिटो विकसित र समृद्धिको लागि दलीय साँघुरो घेराभन्दा माथि उठेर परियोजनाहरूको छनोट र कार्यान्वयनका लागि विषयविज्ञहरूको नेतृत्वमा लगानी आयोग गठन गरी वैदेशिक लगानी ल्याउन वैदेशिक लगानी सहचारी नियुक्त गर्दै अगाडि बढेमा यो सरकार अवश्य कर्णाली प्रदेशलाई विकासित र समृद्ध बनाउन छिटो समयमा नै सक्षम हुनेछ । नेपालमा र विश्वमै नेतृत्वदायी भूमिका खेलन सक्षम ठूला पूर्वाधारहरूको निर्माण गर्दै कार्यान्वयन तहमा लैजानु पर्दछ । कर्णाली प्रदेशको विकास र समृद्धि अवश्य अभूतपूर्वरूपमा छिटो हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया