‘अरु भूमिसँग नेपालको भूमि साटिनु हुदैँन’
भक्तपुर । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ लगायतले भाषाले नै इतिहास र पहिचान बोक्ने बताए । कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद रु. २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जोतिनगरको पहिरोका कारण बुटल बुब्यो : मेयर पाण्डेय
- कुन-कुन इन्टरनेट कम्पनीले कति रोयल्टी राजश्व बुझाउन बाँकी छ ?
- झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
- आज बस्ने भनिएको कांग्रेस संसदीय दल कार्यसमिति बैठक भोलिका लागि सर्यो
- सरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा
- उपेन्द्र यादवले दिए पदबाट राजीनामा
- बजेटमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री
- ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया