सन्तोष पौडेल
वीरगञ्ज, जेठ ११
कोरोना सक्रमितहरूको कन्ट्याक्ट टे«सिङ गरेर सम्पर्कमा आएकाहरूको अविलम्ब स्वाब नमुना सङ्कलन गर्नुपर्नेमा निकै ढिला भएको छ । संक्रमित फेला परेसँगै कन्ट्याक्ट टे«सिङको लागि स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाको संयोजकत्वमा कार्यदल बनेको छ । पर्सा जिल्ला कोरोनाको उच्च जोखिममा रहेको छ । कार्यदलका संयोजक चौरसियाले कार्यदलले काम गरेर रिपोर्ट दिएको तर स्वाब नमुना सङ्कलन भए नभएको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तह र नारायणी कोभिड अस्पतालको हुने बताए ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले महानगरमा देखिएका संक्रमितहरूको हकमा कन्ट्याक्ट टे«सिङमा परेकाहरूको स्वाब नमुना सङ्कलन पीसीआर किट र भीटीएम (स्वाब सङ्कलन गर्ने भाँडो)को अभावमा रोकिएको बताए । उनले बुधवार आठ सय पीसीआर किट आएपछि स्वाब नमूना सङ्कलन सुरू भएको बताए । आउँदो दिनमा पीसीआर किट र भिटिएमको अभावमा स्वाब नमुना सङ्कलन कार्य प्रभावित नहोस् भनेर महानगरपालिकाले सोको व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए । कन्ट्याक्टर ट्रेसिङमा परेकाहरूको स्वाब नमुना सङ्कलनमा ढिला हुँदा जोखिम बढिरहेको एकजना चिकित्सकले बताए । उनले संक्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान हुन ढिला हुने गरेको र पहिचान भएकाहरूको पनि स्वाब नमूना सङ्कलनमा ढिला हुँदा संक्रमण बढ्ने खतरा रहेको बताए । वीरगञ्ज महानगरपालिकाको वडा नं ३ अहिले सबैभन्दा बढी संक्रमित भएको वडा हो ।
यो वडामा पछिल्लो समय चैत २४ गते र त्यसपछि जेठ १ गते संक्रमित फेला परेका थिए । त्यसअघि फेला परेका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब नमूना सङ्कलन भए पनि चैत २४ र जेठ १ गते भेटिएका संक्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको स्वाब नमुना सङ्कलन हुन सकेको छैन । सुरूका दिनमा सम्पर्कमा आएकाहरूले स्वाब दिन मानेनन् भने त्यसपछि पीसीआर किट र भिटिएमको अभाव रह्यो । अहिले पनि संक्रमित क्षेत्र वडा नं २, १६, छिपहरमाई गापालगायतका स्थानमा बुधवारदेखि स्वाब नमुना सङ्कलन भइरहेको तर वीरञ्ज–३ छपकैया जहाँ अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितहरू छन्, त्यहाँ स्वाब नमुना सङ्कलन हुन सकेको छैन । संक्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब नमुना सङ्कलन नभएकोले यो क्षेत्रमा संक्रमण बढ्न सक्ने चिकित्सकहरूले अनुमान लगाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया