राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाको सपथ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगीकार गर्दै ग्राहकमुखी व्यवसाय वृद्धिमा बैंक लाग्नुपर्ने बताए । बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । साथै, बैंकले हालै जाजरकोट केन्द्रविन्दु भई भूकम्प प्रभावित क्षेत्रमा राष्ट्र बैंकले आवास कर्जा लगानी गर्दा आधारदरमा दुई प्रतिशत प्रिमियम जोडी लिन सक्ने भने पनि यस बैंकले एक प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरी समाजप्रति उत्तरदायीपूर्ण कार्य गरिरहेको छ ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैंकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, कम्पनी सचिवलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया