नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका लागि स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत सुवेदीले बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा अध्यक्ष एमहेर्डसमक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राजदूत सुवेदीले ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए ।
नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै राजदूत सुवेदीले आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेको जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर
- सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया