माछापुच्छ्रे बैकद्वारा एमबीएल अनलाइन बैंकिङ सेवालाई अपग्रेड
काठमाडौँ जेठ १३
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङको क्षेत्रमा फड्को मार्दै एमबीएल अनलाइन बैंकिङ सेवालाई अपग्रेड गरेको छ । अब नो लाइन बैकिङ भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिङ सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाइन बैंकिङ सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंकका व्यावसायिक तथा व्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैंकिङ सेवा थप सरल र सुरक्षिततवरले उपयोग गर्न सहयोग गर्नेछ ।
व्यावसायिक ग्राहकहरूलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरूको साथमा ल्याइएको सेवाअन्तर्गतको कर्पोरेट बैंकिङले ब्यवसायिक तथा कर्पोरेट हाउसहरूलाई बैंकसम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोबार गर्न सक्नेछन् । विशेषत यस सेवामार्फत अन्तरबैंक रकमान्तर, कनेक्ट आईपीएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवामार्फत व्यावसायिक तथा कर्पोरेट हाउसहरूले आफैँ तलव व्यवस्थापन गर्न सक्नेछन् ।
बैंकको अनलाईन बैंकिङमार्फत व्यक्तिगत ग्राहकहरूले पनि विभिन्न बैंकिङ कारोबारजस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरूमा पैसा लोड गर्न, मोबाइल टपअप गर्र्न, बत्ती पानीको पैसा तिर्नलगायतका सेवा उपयोग गर्न सकिन्छ । त्यसैगरी बारम्बार तिर्नुपर्ने रकमलाई सेडुुअल गरी तिर्न सकिनेछ । यो सेवा लिएका ग्राहकहरूले मुद्दती खाता समेत यसै सेवामार्फत खोल्न सक्नेछन् । बैंकको अनलाईन बैंकिङको परिष्कृत भर्सन थप सुविधाहरूका साथ थप सरल र थप सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया