एनआरएनएद्वारा कोशी प्रदेशमा मोबाइल ब्लड बस हन्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबाार एक कार्यक्रम गरी संघले सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो ।
७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संघका अध्यक्ष डा बद्री केसीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन् । ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरे । कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउँदै उनले समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरूसँग प्रस्ताव गरे । संघले देशमा अफ्टेरो परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरूबीच एकतामा हुनुपर्ने र युरोप अमेरिकामा बस्ने नेपालीहरू र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरू सक्रिय रहेको बताए । विदेशीहरूको लगानीभन्दा गैरआवासीय नेपालीहरूको लगानी दिगो हुने अध्यक्ष डा केसीको भनाइ थियो । उनले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य गर्न संघ तयार रहेको बताए । कार्यक्रममा संघका उपाध्यक्ष डा हेमराज शर्माले स्थापनाकालदेखि संघले एक अर्बभन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिए । उनले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरूको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताए । यस्तै, गैरआवासीय नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा भित्र्याउन सक्रिय रहेको उनको भनाइ थियो । डा शर्माले संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरूको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्दालाई पिल्लरको रूपमा लिएर सोही दिशामा काम गर्दै आएको बताए ।
कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधानले संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरूको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताइन् । कार्यक्रममा प्रतिनिधिसभा पूर्वसांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरका नगर प्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइरालालगायतको उपस्थिति थियो । गैरआवासीय नेपाली संघले बाँकी लुम्बिनी र मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- लघुवित्त क्षेत्रप्रतिको जनविश्वास फिर्ता ल्याउने सरकारको घोषणा
- बबईमा डुबेर दाजुभाइको मृत्यु
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया