भारत, जेठ १४
भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टि्फिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ । त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्काे परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन्छन् । यसका कारण गएको दुई महिना भन्दा लामो समयदेखि त्यहाँ देशभरि नै लकडाउन गरिएको छ । हाल पनि यहाँ लकडाउन कायमै रहेको छ । तर पनि यो संक्रमणबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरेर परीक्षा सुरु गरिएको बताइएको छ ।
केरला राज्यका सबै विद्यालयहरुका विद्यार्थीहरु आज सो परीक्षामा सहभागी भएका बताइएको छ । कोरोना भाइरसको महामारीबाट बाँच्ने विभिन्न विधिहरु अपनाएर सो परीक्षा सुरु गरिएको बताइएको छ । बताइएअनुसार यहाँका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा दिन लगाइएको छ ।उनीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि पनि स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको सामान्य तापक्रम जाँच गरेर परीक्षा केन्द्रमा प्रवेश दिइएको बताइएको छ । त्यस्तै यहाँको सिनियर सेकेन्डरी परीक्षाहरु पनि मे २७ बाट सुरु गरिने कार्यक्रम रहेको जनाइएको छ । (रासस–एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया