नयाँदिल्ली । भारतको सेयर बजारले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । सेयरबजारका प्रमुख दुई सूचक बीएसई सेक्सेक्स र निफ्टी ५० ले अहिलेसम्मकै नयाँ उचाई विन्दु रेकर्ड बनाएका हुन् ।
बीएसई सेन्सेक्स मंगलबारको तुलनामा चार सय आठ विन्दुले बढेर हालसम्मकै उच्च ७४ हजार ८५ विन्दुमा कायम भएकोे छ । यस्तै, निफ्टी ५० पनि एक सय १७ विन्दुले बढेर २२ हजार चार सय ७४ विन्दुमा कायम भएको छ ।
बुधबार बैंकिङ क्षेत्रका स्टकमा उच्च सुधार भएपछि सेयरबजारका दुई मुख्य सूचकले अल टाइम हाई बनाएका हुन् । केही दिनयता विश्वका प्रमुख सेयरबजार सकारात्मक बन्दै नयाँ उचाइ बनाइरहेका छन् । केही दिनअघि जापानको सेयरबजारले पनि नयाँ उचाइ कायम गरेको थियो ।
विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा मुद्रास्फीति घट्दै गएको, तरलता बढेको र अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिन थालेपछि सेयरबजारमा पनि सुधार देखिएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया