भारत र युरोपेली ईएफटीएबीच एक सय अर्ब डलरको व्यापार सम्झौता
नयाँदिल्ली । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक ईएफटीएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैरयुरोपेली संघ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिएका छन् ।
‘
भारत–ईएफटीए व्यापार र आर्थिक साझेदारी सम्झौता (टीइपीए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुंगा हो’, दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भने । उनले सम्झौताले निर्यात र लगानी प्रवद्र्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताए ।
१६्र वर्षसम्म लामो वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको बताएका छन् ।
‘सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा ईएफटीए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ’, नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भने, ‘ईएफटीए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले ईएफटीएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।
इएफटीएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया