Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुक्लामा कार्गो विमानमा मानिसले यात्रा गर्नेगरेको खुलासा, प्रशासन बेखबर

लुक्लामा कार्गो विमानमा मानिसले यात्रा गर्नेगरेको खुलासा, प्रशासन बेखबर


सोलुखुम्वु,जेठ २३
रामेछाप–लुक्ला कार्गो ढुवानी गरिरहेको विमानसँगै मानिसले समेत यात्रा गर्ने गरेको पाइएको छ । सोमबार लुक्लाबाट रामेछाप एक जना र रामेछापबाट लुक्लासम्म एक जनाले यात्रा गरेको मन्थली विमानस्थल कार्यालय रामेछापले स्वीकार गरेको छ ।

लकडाउनको समयमा यसरी भएको यात्राको विषमा प्रशासन भने बेखबर देखिएको छ । लकडाउनका कारण खाद्यान्नसँंगै निर्माण सामग्रीको अभाव हुने भएकाले खुम्बुका लागि हेलिकोप्टर तथा हवाइजहाजमार्फत केही हप्ता पहिलेदेखि कार्गो ढुवानी भइरहेको छ । विमानले रामेछाप तथा हेलिकोप्टरले सोलुखुम्बुकको सोलुदूधकुण्डको नगरपालिका वडा नम्बर एक टाक्सिन्दुबाट खुम्बुका लागि कार्गो ढुवानी गरिरहेको छ ।

कार्गोसँंगै लुक्ला आउने यात्रु सिभिल इन्जिनियर भए पनि रामेछाप जाने व्यक्तिको बारेमा भने कसैलाई पनि जानकारी छैन । उनका विषयमा नागरिक उड्यान प्राधिकरणले लुक्लाले जानकारी दिन समेत आनाकानी गरेको छ । लुक्ला विमानस्थल नजिकै निर्माणाधीन हेलिप्याडका लागि सिभिल इन्जिनियर आएको भए पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा कुनै पनि जानकारी छैन ।

खुम्बुमा व्यक्ति आएको भन्ने विषयमा आपूmलाई कुनै पनि जानकारी नभएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् । लकडाउनको यो समयमा जिल्ला भित्रिने हरेक नागरिको बारेमा जानकारी राख्ने निकायको प्रमुखलाई नै जानकारी नहुनु निकै दुःखद् हो । यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्र शर्माले भने पर्यटन मन्त्रालय हुँदै गृहबाट अनुमति लिएर कार्गोसँगै यात्रु लगिएको मौखिक जानकारी भए पनि कुनै आधिकारिक जानकारी भने नभएको बताए ।

कार्गो ढुवानीको अनुमति पाएको विमानले यात्रुको समेत पुनः अनुमति नलिएसम्म उडान भर्न पाइँदैन । यता लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले भने एक जना यात्रु आएको भए पनि अनुमतिको विषयमा जानकारी नभएको भन्दै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिसकिएकाले यस विषयलाई खासै ठूलो नबनाउन आग्रह गरे ।

लकडाउनको सयममा सामान्य नागरिकलाई भने पास लिनुपर्ने अनि प्रशासनलाई जानकारी गराउनु पर्ने तर पहुँच भएको व्यक्तिको हकमा भने यो कुरा लागू नभएको हो कि भन्ने भान भएको छ । यता गाउँपालिका स्वास्थ्य संयोजक अर्थीमाया तामाङका अनुसार खुम्बु आएका व्यक्तिलाई गाउँपालिकाले तय गरेको लुक्लास्थित लादिला होटलको क्वारेन्टाइनमा राखिएको छ । बिनाजानकारी आएका ती व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि आरडीटी गरिने तामाङको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया