Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन

भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन


युरोप । युरोपेली संघका खाद्य सुरक्षा अधिकारीहरूले भारतबाट उत्पादन भएका पाँच सय २७ खाद्य उत्पादनहरूमा क्यान्सर निम्त्याउने रसायनहरू फेला परेको दाबी गरेका छन् । एमडीएच र एभरेष्टलगायतका प्रख्यात भारतीय मसला ब्रान्डहरूले अनुमति पाएको स्तरभन्दा माथि ‘एथिलीन अक्साइड’ नामक रसायनको ट्रेस भएको आरोपमा छानबिन गर्दा सो तथ्य थाहा भएको युरोपेली संघले जनाएको छ ।

भारतका यी उत्पादनहरूलाई हङकङ र सिंगापुरले यसअघि नै प्रतिबन्ध लगाएका थिए । अब युरोपेली संघले पनि सोही नीति लिनसक्ने देखिएको छ । हङकङ सरकारको खाद्य सुरक्षा केन्द्रले अप्रिल ५ मा एमडीएच समूहको मद्रास करी पाउडर, सम्भर मसालाका तीनवटा मसाला, पाउडर र करी पाउडरको मिश्रणमा धेरै इथिलीन अक्साइड मिसाइएको पाइएको बताएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया