Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको आकर्षक बोर्डर रोमिङ प्याक

एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक


काठमाडौं । एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । कम्पनीले विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर यो प्याक ल्याएको हो ।

कम्पनीका अनुसार प्याक सुरु गर्नेबितिकै ग्राहकहरूले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै पाँच सय एमबी बोनस डेटा प्राप्त गर्छन् । ग्राहकले यो प्याक करसहित मात्र एक सय रुपैयाँमा सुरु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन् । यो प्याक ग्राहकले एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यमजस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरूमार्फत पनि सुचारु गर्न सकिन्छ । भ्रमणमा जाने ग्राहकहरूले आफ्नो सञ्चार आवश्यकताअनुसार जति पटक पनि यो प्याक किन्न सक्नेछन् ।

यो प्याकले सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष महत्व राख्छ । त्यसैगरी व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकहरूलाई पनि यो प्याक महत्वपूर्ण हुने बताइएको छ । यो प्याक लिनेबित्तिकै रोमिङ सेवा स्वतः सुरु हुन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया