Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण


काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबारविहीन भएका एक सय ५० घर परिवारका लगभग पाँच सय ४५ जनाका लागि राहत सामग्री वितरण गरेको छ । बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही दुई लाख ५० हजार रुपैयाँ बराबरको सात सय ५० केजी आटा, सात सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, एक सय ५० प्याकेट नुन, चार सय ५० वटा नुहाउने र लुगा धुने साबुन र एक सय ५० काटुन चाउचाउलगायतका खाद्यान्नहरू सहयोग गरेको हो ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले एक सयभन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । मिति २०८१ वैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदीप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरूको आधारभूत आवश्यकता पूरा गर्न थोरै भए पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने कुरा जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया