कोकाकोलाले नेपालका लागि बनायो गिनिज वर्ल्ड रेकर्ड
काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको जनाएको छ । कम्पनीका अनुसार नेपालीले कोक र मोमो निकै मन पराउने गरेका छन् । काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा शुक्रबार कम्पनीद्वारा आयोजित ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ सञ्चालन गरिएको थियो ।
‘द लार्जेस्ट मोमो पार्टी’मार्फत कम्पनीले नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी इतिहास रचेको दाबी गरेको छ । कोका–कोलाले पाँच सय जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई दुई सय ५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मनपर्ने बताइन् । स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरूका मनपर्ने व्यञ्जनहरूसँगै आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
कोका–कोलाले विश्वभरका फुड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिङ डिस मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया