नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला
मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेसियाबाट नेपाल फर्केका थिए ।
सिरहाको धनगढी नगरपालिका–६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर–४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो । उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले राससलाई बताए । चन्द्रिकाकुमारी र शिवशङ्करबीच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
- दल विभाजनविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा मुद्दा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया