रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता
काठमाडौं । कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्विटी फन्डबाट धुम्बाराही काठमाडौँ अवस्थित, सम्पूर्ण सेवा सुविधासहित पूर्णरूपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ । फन्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लगानी सम्झौताअनुसार, रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्काशनपश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो, जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ । यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरूमा लगानी गरी सो सस्ंथाहरूलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया