क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिस्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्यसहित कम्पनीको वार्षिक प्रतिवेदन पेस गर्नुभएकोमा सभाले सर्वसम्मत पारित गरेको छ ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैद्य र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित हुनुभएको छ । साथैे यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्रलाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०÷८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठबाट स्वागत मन्तव्य व्यक्त गरेको उक्त सभामा उपस्थित सेयरधनीहरू तथा अन्य उपस्थित व्यक्तिहरूका लागि कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै, नवनिर्वाचित सञ्चालक सदस्यहरूलाई शुभकामना तथा बधाई दिँदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनसहित सभा विसर्जनको घोषणा गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया