‘प्रहरीको ग्रामीण गस्तीले घाइतेको उद्धार छिटो भयो’
बलेवा (बागलुङ) । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए । प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ पर्न लागेको थियो ।
राससका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ पातिहाल्ने खण्डमा रात्रि बस चलिरहेका थिए । पातिहाल्नेबाट निसिखोला गाउँपालिका–६ को सीप गस्ती नपुग्दै गस्तीमा रहेको प्रहरीलाई खबर आयो, “जाउलेपानीमा रात्रि बस पल्टियो ।”
गस्ती सकाएर ब्यारेक फर्कँदै गरेको प्रहरीको टोली बीचबाटोबाटै फर्कियो । जाउलेपानी पुग्दा बस सडकदेखि एक सय ५० मिटर तल रुखमा अड्किएको अवस्थामा थियो ।
यात्रुरु चारैतिर छरिएका थिए । निसीखोला प्रहरी चौकी प्रमुख भोजबहादुर गुरुङले भने, “कोही चिच्याइरहेका थिए, कोही रोइरहेका थिए, कोही चुपचाप थिए, हतारहतार नाढी छाम्यौँ, केहीको घटनास्थलमै मृत्यु भइसकेको थियो ।” दुर्घटना भएको ठाउँदेखि निसिखोला प्रहरी चौकी झण्डै १५ किलोमिटरको दुरीमा छ भने इकालाका प्रहरी कार्यालय पुग्न थप समय लाग्छ ।
संयोगवश गस्तीमा भएकाले प्रहरी टोली दुर्घटना भएको केही मिनेटमै दुर्घटनास्थल पुग्यो । गस्ती नभएको भए प्रहरी पुग्न समय लाग्ने थियो । समयमै घटनास्थल पुगेर घाइतेको ज्यान बचाउन सकिएको प्रहरीको भनाइ छ । “पहिलै मृत्यु भएकालाई त केही गर्न सकिएन्, घाइतेलाई तत्काल उद्धारमा लग्यौँ । सहयोगका लागि स्थानीय पनि आउनुभयो । पछि जिल्लाबाट थप प्रहरी परिचालन भइहाल्यो”, उनी भन्छन् “नजिकैको खोलाबाट प्लास्टिकमा पानी ल्याएर घाइतेलाई खुवायौँ, जतिसक्दो अस्पताल पुर्याउने प्रयास भयो ।”
जाउलेपानीमा भएको बस दुर्घटनामा घटनास्थलमै सात जनाले ज्यान गुमाए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा थप दुई जनाको मृत्यु भयो । बागमती प्रदेश ०१-००६ ख ३८७९ नं को बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा दुर्घटना भएको थियो ।
दुर्घटनापछिको उद्धार र घाइतेको उपचारमा गस्तीमा रहेको प्रहरी सहयोगी बन्यो । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको सीपदेखि उकालो लागेपछि पातीहाल्ने पुग्न कयौँ घुम्ती पार गर्नुपर्छ । घुम्ती नै घुम्ती रहेको सडक भिरालो जमिनमा बनेको छ । पक्की सडक भएकाले सवारीको गति स्वभाविक बढी हुन्छ, तर घुमाउरो भएकै कारण दुर्घटनाको जोखिम थियो नै ।
“घुम्ती मोड्न नसकेकै कारण बस खसेको जस्तो देखिन्छ, बाँकी अनुसन्धानकै पाटो भयो”, गुरुङ भन्छन् “समयमा उद्धार हुनु र खसुँको रुखले बस अड्याउनुले बसमा सवार धेरैको ज्यान जोगिएको देखिन्छ ।”
एक सय ५० मिटर तल खस्नुअघि बसले दुई वटा गुराँस र दुईवटा खर्सुका मध्यमखालका रुख भाँचेको छ । जहाँ बस अडियो त्योभन्दा तल खसेको भए थप दुईसय मिटर तलसम्म भीरालो जमिन भएकाले बस रोकिने अवस्था थिएन भन्छन गुरुङ ।
खसुँमा अडिएको बस उत्तानो परेको छ । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट(१ का २७ वर्षीया विनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
हाल केही घाइतेको बागलुङस्थित धौलागिरि अस्पतालमा र केहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया