गणेशमान सिंह स्मृति बाटिकामा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं, गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिमा नयाँ कार्यसमिति गठन भएको छ । समितिको यही फागुन १९ गते सम्पन्न भएको छैटौँ वार्षिक साधारणसभाले बाटिकाको विधान २०५४ को धारा १६ (१) बमोजिम माथवर सिंह बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो । संस्थाका अनुसार कार्यसमितिको उपसभापतिमा अन्जना मधिकर्मी, महासचिवमा जगन्नाथ कार्की, सचिवमा पूर्ण नेपाली बिसुंके, कोषाध्यक्षमा श्रीकृष्ण राउत रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा कविर राणा, पुरुषोत्तम लुइटेल, विदुरमान सिंह बस्नेत, भेषबहादुर कार्की, राजकुमार ट्वाँटी, उदयराम श्रेष्ठ, किरण शर्मा, अंगद खड्का, दिलिप केसी, रिता पाख्रिन, सविन ढुंगेल रहेका छन् । संस्थाका अनुसार कार्यसमितिमा १६ जना सदस्य छन् ।
साधारणसभामा विशेष आमन्त्रित सदस्यहरुमा दुर्लभ थापा (सांसद, प्रतिनिधिसभा, भक्तपुर २), सुरेश श्रेष्ठ (सांसद बाग्मती प्रदेशसभा, भक्तपुर १), बाशुदेश थापा (प्रमुख सूर्यविनायक नगरपालिका, भक्तपुर), सुरेन्द्र श्रेष्ठ (प्रमुख मध्यपुर नगरपालिका भक्तपुर), जीवन खत्री (चाँगुनारायण नगरपालिका भक्तपुर), पूर्वमन्त्री कृष्ण भँडेद, पूर्वराज्य मन्त्री रजनी जोन्छे, सुनपा ५ का वडा अध्यक्ष राजकुमार जोशी र सुनपा ६ का वडा अध्यक्ष ईश्वर खड्का थिए । संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता शेषांश गिरी चयन भएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष तथा २०६४ सालको सफल ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिमा स्थापना भएको यो संस्थाले नयाँ कार्यसमिति गठन भएसँगै थप उचाइ लिने सदस्यहरूको विश्वास छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया