सबैको लघुवित्तको बाँकेमा वित्तीय साक्षरता कक्षा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले बाँके जिल्लाको डाँडाटपरीमा वित्तीय साक्षरता प्रदान गरेको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरू, एक जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरू गरी ४० जनाको सहभागितामा यही चैत पाँच गते बाँके जिल्लाको डाँडाटपरीमा ‘वित्तीय साक्षरता तालिम’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिएका छन् । उक्त तालिममा प्रशिक्षकहरू विक्रम उपाध्याय, प्रतिमा शर्मा रहेका थिए ।
तालिममा सहभागीहरूले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरू, बचतका उपायहरू, बचत योजना, बचत प्रदायक संस्थाहरूको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अव्यवस्थित खर्चले गरिब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधीकरण, व्यावसायिक योजना, अन्य आयस्रोतको पहिचान, साधनस्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ आदि बारेमा यस तालिममा सहभागीहरूले जानकारी हासिल गरेका थिए । संस्थाले २०७४ असार ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घर परिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी गराएका थिए ।
बालबालिका र युवाहरू लक्षित गरी बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिकको अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनि विक विश्वभर मनाउँदै आइरहेको छ । यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत्र ५ गतेदेखि ११ गते)सम्म प्रोटेक्ट योर मनी, सेक्युअर यो फ्युचर भन्ने मूल नाराका साथ ग्लोबल मनी विकको १२औँ श्रृङ्खला मनाउन लागिएको छ ।
संस्थाले हाल सात वटै प्रदेशका ४३ जिल्लाहरूमा ९० शाखा कार्यालयहरू, पाँच वटा सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरूको सञ्जालहरूमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरूलाई समूहमा आबद्ध गराई विनाधितोमा कर्जा लगानी गर्नुका साथै सिपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरू सञ्चालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरू स्थापना गरी सदस्यहरूलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ ।
संस्थाले २०८० फाल्गुण मसान्तसम्ममा ७० हजार छ सय २९ घरपरिवारहरूमा सेवा विस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा चार अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेको छ भने ग्राहक सदस्यहरूबाट एक अर्ब १७ करोड बचत परिचालन गरेको छ । उक्त वित्तीय साक्षरता तालिमको सञ्चालन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँके जिल्लास्थित डाँडाटपरी शाखाका कर्मचारी ठाकुरप्रसाद रानाले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया