आर्थिक वृद्धिका लागि ठूला मुलुकले लिएको औद्योगिक नीति प्रभावकारी छैन
वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले संयुक्त राज्य अमेरिका, युरोप र अन्य देशहरुले नवप्रवर्तनलाई अगाडि बढाउन लिएका औद्योगिक नीति र पहलहरु प्रभावकारी नभएको चेतावनी दिएको छ । आईएमएफले बुधबार आगामी दिनहरुमा औद्योगिक नीतिले राम्रो काम गरेमा नवप्रवर्तनलाई अगाडि बढाउन र आर्थिक वृद्धिलाई बढवा दिन सकिने उल्लेख गरेको छ ।
आईएमएफले विगतमा लिइएका नीतिगत त्रुटिहरु, उच्च वित्तीय लागत र अन्य देशहरुमा देखिएको नकारात्मक वातावरणको प्रभावले नवप्रवर्तन उद्यममा असर पारेको बताएको छ ।
आईएमएफका वित्तीय मामिला विभागका उपनिर्देशक इरा डब्ला–नोरिसले विदेशी फर्महरुविरुद्ध भेदभाग गर्ने नीतिहरुले पनि बदला लिनसक्ने र भू–आर्थिक दरारहरु थप्नसक्ने चेतावनी दिएका छन् । उनले सहुलियत र कर छुटहरुमा सहुलियत दिने विषयमा सरकारहरुको ध्यान केन्द्रित हुँदा वित्तीय लागत बढेर जाने र स्रोतको गलत प्रयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया