बैंक तथा वित्तीय संस्थाहरूबीच एक आपसमा अल्पकालीन अवधिको लागि हुने कारोबार झण्डै ३२ खर्ब रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिना (सउन–फागुन)मा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले कुल ३१ खर्ब ८९ अर्ब ३५ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब ८० अर्ब ४३ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा अन्तरबैंक कारोबार रकम २६ खर्ब आठ अर्ब ९२ करोड रूपैयाँ थियो ।
केन्द्रीय बैंकका अनुसार आठ महिनामा वाणिज्य बैंकहरूले मात्रै कुल २८ खर्ब ९४ अर्ब ९४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब २३ अर्ब २७ करोड रूपैयाँले बढी हो । गतवर्ष आठ महिनामा वाणिज्य बैंकहरूले कुल २३ खर्ब ८१ अर्ब ६७ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । विकास बैंक र फाइनान्स कम्पनीहरूले भने दुई खर्ब ९४ अर्ब ४१ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब १६ करोड रूपैयाँले बढी हो । गतवर्ष आठ महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरूले दुइ खर्ब ३७ अर्ब २५ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । २०७९ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ३३ प्रतिशत रहेकोमा २०८० फागुनमा तीन दशमलव शून्य दुई प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा सात दशमलव १८ प्रतिशत रहेकोमा २०८० फागुनमा दुई दशमलव ९२ प्रतिशत छ । २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ७७ प्रतिशत छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत आधार दर भने क्रमशः १० दशमलव ७१ र १२ दशमलव ३३ प्रतिशत छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ६४ प्रतिशत थियो ।
यस वर्ष फागुन मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७४ प्रतिशत छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत भारित ब्याजदर क्रमशः सात दशमलव ९३ र नौ दशमलव १३ प्रतिशत छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ३७ प्रतिशत कायम भएको थियो ।यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० फागुनमा वाणिज्य बैंकहरूको १० दशमलव ७८ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव ५२ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ६१ प्रतिशत छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३ दशमलव शून्य तीन प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया