काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जिव बराल नियुक्त भएका छन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले बराललाई महानिर्देशक बनाउने निर्णय गरेको हो । महानिर्देशक बरालले पद बहाल गरिसकेका छन् ।
सिँचाइ क्षेत्रमा केही नयाँ गर्ने जोस भएका बरालको नियुक्तिले परिवर्तनको आशा जगाएको छ ।
महानिर्देशक बन्नुअघि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका बरालसँग केही परियोजनाका कामहरु तोकिएको समयसीमाभित्रै सम्पन्न गरेको अनुभव छ । उनी सिँचाइ क्षेत्रमा परम्परागत विकासलाई भन्दा नयाँ प्रविधिलाई आत्मसात्् गरेर अगाडि बढाउने पक्षमा छन् ।
भेरीबबई डाइभर्सन आयोजनाको प्रमुख भएर तोकिएकै समयमा सुरुङमार्गको ब्रेक–थ्रु गराउन सफल बरालले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको रुपमा पनि काम गरिसकेका छन् । उनी सचिव भएको बेला बागमती प्रदेशका सबै जिल्लामा सडकलगायतका पूर्वाधार विकासमा धेरै पुँजीगत खर्च भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
- माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया