औद्योगिक क्षेत्रमा नियमित विद्युुत् आपूर्तिको व्यवस्था गर्न पूर्वी क्षेत्रका उद्योगीको माग
काठमाडौं । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रमा नियमित विद्युुत् आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी अघोषित विद्युत् कटौतीले औद्योगिक क्षेत्र मारमा परेको गुनासो समेत गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेस गरेको उद्योग संगठन मोरङले जानकारी दिएको छ । प्रतिनिधि मण्डलले वर्तमानको आर्थिक समस्यामा विशेष गरेर विद्युत् आपूर्तिको समस्या नै रहेको उल्लेख गरेका थिए । साथै, बजारमा देखिएका सुस्तताले औद्योगिक क्षेत्रमा परेको प्रभाव, सरकारले तत्काल गर्नुपर्ने कार्य र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरूमा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । समस्या समाधानका लागि सरकारको तत्परताका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको संगठनका अध्यक्ष सुुरानाले बताए ।
अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनीहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सम्बोधन गर्नुपर्ने निजी क्षेत्रका विषयहरूका सुझाव पेस गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन गम्भीर बन्न आग्रह गरेका थिए । यस्तै, उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटमा उद्योगको अवस्थाप्रति सवेदनशील भई प्रक्रियागत जटिलता सरलीकरण गर्न, कार्गाे रेल तत्काल सञ्चालनको वातावरण तयार पार्न र औद्योगिक पूर्वाधार निर्माणका बारेमा सुझाव दिएको संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।
साथै, प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङसँग पनि भेट गरी पर्यटन प्रवद्र्धनका लागि विशेष योजना बनाउन आग्रह गरेका थिए । यस क्षेत्रमा देखा परेका समस्या र खासमा भारतीय पर्यटक भित्र्याउन विशेष अनुरोध गरेको उपाध्यक्ष राठीले बताए । साथै, संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कार र्याली, कनेक्ट नेपाल इन्भेस्टमेन्ट मिसनमा सहकार्य गर्न समेत संगठनले अनुरोध गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि विद्युत् आपूर्तिको समस्यामा आर्जित उद्योग व्यवसायको वर्तमान अवस्थाका बारेमा ध्यानाकर्षण गराउँदै संवेदनशील बन्न संगठनले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया