नीतिगत सुधार र पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका नवनियुक्त सदस्यहरूले पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार, पर्यटन प्रवद्र्धनमा जोड दिने बताएका छन् ।
बोर्डले समितिका नवनियुक्त सदस्यहरूको स्वागतमा आइतवार आयोजित कार्यक्रममा उनीहरूले निजी क्षेत्र, बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरूमा हुने सकारात्मक चिन्तन र कार्यले मात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने बताए । गत चैत्र १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरू ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नवनियुक्त तीनै जना बोर्ड सदस्य लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । निजी क्षेत्रबाट मदन आचार्य र मिलन देवकोटा सदस्यका रूपमा छन् ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले नयाँ सदस्यहरूका अनुभवहरूले नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा बोर्डलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन् । सो अवसरमा निर्देशक मणिराज लामिछानेले पर्यटन बोर्डको समग्र अवस्था र भावी कार्ययोजना र चुनौतीका बारेमा प्रष्टीकरण दिएका थिए । यस्तै, निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले झेलिरहेका नीतिगत समस्या र समाधानका लागि भइरहेको प्रयास र बोर्डले गर्नुपर्ने थप पहलका बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : पर्यटन उधोग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
- नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह
- बैंकको ब्याज मुद्रास्फीतिकै विन्दुमा, किन बढेन कर्जाको माग ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया